News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • मंगोलियामा ४९ वर्ष यताकै ठूलो हिमपात

    जनभेट संवाददाता२०८० फाल्गुण ९
    ३४ पटक

    काठमाडाैं । मङ्गोलियामा ४९ वर्ष यताकै ठूलो हिमपात भएको छ । जुन १९७५ पछिको सबैभन्दा बढी हिमपात भएको हो ।

    देशको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सी ले मंगलवार हिमपातको रकेर्ड कायम भएको बताएको हो ।

    यस हिउँदमा हालसम्म एशियाली मुलुकमा औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूले भारी हिमपातका कारण यस हिउँदमा चरम मौसम अनुभव गरेको बताएका छन् ।

    देशको ८० प्रतिशत भन्दा बढी भूभाग हिउँले ढाकेको छ ।

    सोमबारसम्म मंगोलियामा यस हिउँदमा अत्यधिक मौसमका कारण हुने पशुधनको मृत्युको संख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्