News Portal

  • ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीकाे चेतावनी

    जनभेट संवाददाता२०८० चैत्र २१
    ११६ पटक

    काठमाडौं । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ ।

    भूकम्प मापन अधिकारीहरूका अनुसार यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो । ‘भूकम्प जमिनको नजिक छ र यो उथलपुथल छ । यो ताइवान र तटीय टापुहरूमा महसुस गरिएको छ । यो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली हो’ ताइपेइ भूकम्प विज्ञान केन्द्रका निर्देशक वु चिएन फुले भन्नुभएकाे छ ।

    बीबीसीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ ।

    स्थानीय मिडिया आउटलेटहरूमा फुटेजमा भत्किएका आवासीय भवनहरू र मानिसहरूलाई उनीहरूको घर र विद्यालयबाट बाहिर निकालिएको देखाइएको छ ।

    प्रतिकृया दिनुहोस्