News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • रिमा सेवा समाज : बेसहारा वृद्धवृद्धा र मानसिक सन्तुलन गुमाएकाहरुको आश्रय स्थल

    जनभेट संवाददाता२०८१ बैशाख २२
    ७६ पटक

    टंक पन्त
    काठमाडौ । शहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट अपहेलित  र सडकमा अलपत्र परेका बालवालिका  स्याहार सुसारका लागि  बिशेष ब्यबस्था गर्नुपर्ने  आवश्यकता देखिएको छ ।

    छोराछोरी बिदेशमा बस्ने तर घरमा रहेका बुढाबुढी अलपत्र पर्ने गरेका कारण ती बुढाबढी सहारा खोज्दै आश्रममा जान थालेका छन्। आश्रममा स्थान नभएमा सडकमा समेत बस्न बाध्य भएका छन् । अहिले पनि देश भरि सडकमा अलपत्र अबस्थामा रहेका बृद्धबद्धा करीब चार सय र चार हजार भन्दा बढी  बालवालिका रहेको बताइएको छ । महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार सरकार सकेसम्म सडकमा बालबालिका तथा बृद्धबृद्धा नदेखिउन् र त्यो अबस्था आउन नदिने नीतिमा रहेको भएपनि बिभिन्न कारणले अहिले पनि बिभिन्न शहरमा बृद्धबृद्धा र बालवालिका  मागेर खाने अबस्थामा रहेका छन् ।

    बालबालिका क्षेत्रमा कार्यरत नेटवर्क सिजपका अध्यक्ष मीना शर्मा बालवालिका  सडकमा देख्न नपरोस र  सडकमा नभएका कोही पनि बालवालिका अध्ययन  लगायत कुनै पनि अधिकार वा शोषणमा नपरुन् भनेर  आफनो संस्था क्रियाशील रहेको बताउनुहुन्छ । आफूहरुले सरकार र सरोकारवाला मिलेर अभियान चलाउदा पनि  समस्या अझै  थप सचेतनाको आबश्यकता रहेको शर्माको भनाइ छ । अहिले  देखि नै बालबालिकालाई अधिकारका लागि  सरकारले बिशेष महत्व दिने हो भने आफूहरुले चलाएको अभियान सार्थक निष्कर्षमा पुग्ने शर्माले बताउनुभएको छ ।

    एकातिर बिभिन्न संस्थाले आफ्नो ठाउंवाट भुमिका निर्वाह गरेका छन् भने आश्रम चलाएर मानव सेवा गर्नेहरु पनि छन् । मानव सेवा गर्ने संस्थाहरुकै कारण सडकमा वा अस्पतालमा उपचारका लागि लैजाने र भर्ना गरेर परिवारले छोडेर अलपत्र हिडेपछि अस्पतालमै  वेवारिसे बुढाबुढी , बालवालिकालाई  आश्रय दिने संस्थाहरु पनि रहेका छन् । त्यहि आश्रय दिने मध्येको एक काठमाडौको गोल्फुटार स्थित रीमा सेवा समाज पनि हो ।

    छोरा बुहारीवाट अपहेलित भएर वा परिवार बिहीन भएर सडकमा अलपत्र अबस्थामा रहेका बृद्धबृद्धा र वालकालिकालाई रीमा सेवा समाजले आश्रय दिएर खाने बस्ने र स्याहार सुसार गर्ने गरेको छ । रिमा सेवा समाजकी सन्चालक रिमा सापकोटा कुनै समय आफु पनि पारिवारिक दुखमा परेका कारणले अरुको दुखलाई नजिकबाट महसुस गरेको बताउनुहुन्छ । सापकोटाले  आफ्नो जन्मनै मानव सेवाका लागि सर्मपित रहेको कारण  बिभिन्न स्थाान अलपत्र परेका बृद्धबृद्धा र वालवालिकालाई सेवा समाजमा ल्याएर स्याहार सुसार आबश्यक पर्दा उपचार समेत गर्ने गरेको जानकारी गराउनुभएको छ । कोही भएर थला परेका त कोही अपांगता भएर परिवारले सडकमा छोडेर गएका बृद्धबृद्धालाई आश्रममा आश्रय दिइएको छ । आश्रित नागरिक कतिपयलाई परिवारमा नै पुनर्मिलन गराएको त कतिपयको आश्रममै बिबाह समेत गराउने गरेको बताउनुभएको छ ।

    इजरायलमा बृद्धबृद्धाको स्याहार सुसार गरेर नेपाल फर्केपछि पनि सापकोटाको मन ती भगवान रुपी बृद्धबृद्धा र वालबालिकाको स्याहार सुसारमा खटिनुभएको छ । कोही आंखा नदेख्ने, कोही हातखुटा नभएका त कोही पुरै मानसिक सन्तुलन गुमाएका बृद्धबृद्धा कपडामै दिशा पिसा गर्न बाध्य हुन्छन् उनीहरुले बिस्तरामै दिशा पिसाव गरको थाहा पनि पाउंदैेनन त्यस्ता नागरिकको स्याहार सुसार आफैमा निकै कठीन बिषय हो त्यसैले पनि रीमा सापकोटा उमेरले कान्छी भएपनि रीमा सेवा समाजमा बसेका सबैले सापकोटालाई आमा भनेर संबोधन गर्ने गर्छन ।

     सुरुवाती अवस्थामा समाजका  २ सय ५५ जना रहेकोमा हाल  ६२ रहेका छन्  कुनै संस्था वा बिदेशीको डोनेशन बिना नेपाली सहयोगी हातका कारण आफुले बृद्धाबृद्धालाई स्याहार सुसार, पालनपोषण र आबश्यक पर्दा उपचार समेत गर्ने गरेको सापकोटाले जानकारी गराउनुभएको छ । उहाँले बृद्धबृद्धालाई स्याहार सुसार गर्न जति कठीन भएपनि आफूले  सहज महसूश गर्ने गरेको बताउनुभएको छ ।

    आश्रम चलाउन भगजानले सहयोगी हातहरु  बढाउने गर्नुभएको छ । हिजो मात्रै स्वर्गीय डासुराम पन्थको स्मृतिमा  आश्रममा रुहेका सबैलाई खाना ख्वाउने काम उहांको परिवारले गर्नुभएको थियो भनै  रीमा सेवा समाजकी सापकोटाले कसैको स्मृति त कसैको जन्म दिन वा म्यारिज एनिभर्सरीका सन्दर्भमा खाना ख्याउने, लुगा र खाद्यान्न सहयोग हुने गरेकै कारण  आश्रममा रहेका वुवा आमा छोरा छोरी खुशी छन् भन्नुभएको छ ।

    रीमा सेवा समाजका लागि डिल्लीराज पन्थ, सुन्तलीदेवी पन्थ, शिवलाल पन्थ, निर्मला पन्थ, मीना शर्मा,  ललिता पन्थ, गणेश पन्थ, आशिका पन्थ, इशिका, इशान लगायत पन्थ परिवारको सहयोग प्रति  सापकोटाले बिशेष आभार ब्यक्त गदेै  समाज कुनै डोनेशन बिना यस्तै सहयोगी  मन र हातका कारण चलेकोले कसैले सहयोग गर्न चाहेमा ९८४५५०५८९८ मा सम्पर्क गरी मानवीय सेवाका लागि बिशेष अनरोध पनि गर्नुभएको छ  ।

     

     

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्