News Portal

  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नाघ्यो

    जनभेट संवाददाता२०८० फाल्गुण ९
    ४५ पटक

    काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

    मन्त्रालयकाअनुसार इजरायली सेनाले पछिल्लो २४ घण्टामा १०७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने थप १४५ जना घाइते भएका छन् । यो पछिल्लो अपडेटले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि २९ हजार ९२ जनाको मृत्यु र ६९ हजार २८ घाइते भएको जनाएको छ ।

    भारी बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामा हमासको आक्रमणको बिरुद्धमा बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस्