News Portal

त्रिभुवन विश्वविद्यालयको नालायकी

जनभेट संवाददाता२०८१ बैशाख ३१
२४८ पटक

काठमाडाैं । विद्यार्थीको अनलाइन दर्ता (रजिष्ट्रेसन) गर्दैछ अहिले त्रिभुवन विश्वविद्यालय । तर एउटा पोर्टल चलाउन नसक्ने नालायक देखिएको छ मुलुकको सबैभन्दा जेठो र प्रतिष्ठित विश्वविद्यालयकाे।

‘ओपेन भिपियन’ मार्फत् चल्ने बनाइएको यो असक्षम (बगले भरिएको) पोर्टलका कारण लाखौँ विद्यार्थीको दर्ता मात्र होइन परीक्षा समेत समयमा हुन सकिराखेको छैन । विद्यार्थीको निजी डेटा असुरक्षित र अनिश्चित देखिएको छ ।

दिनभरीमा ५० पटक ‘डाउन’ हुने यो पोर्टलका कारण मुलुकभरका सयौँ क्याम्पसका प्रमुख, प्रशासक र कर्मचारी हायल-कायल छन् । छिनछिनमा गरिने ‘अपडेट’ ले हिजो भरेको विवरण आज ‘रिजेक्ट’ हुन्छ ! तोकिएको समयसीमा भित्र फारम नभरे विद्यार्थीको पढाइ र भविष्यमा असर पर्छ ।

‘कस्ता बनियाँले चलाउँदैछन् हँ त्रिभुवन विश्वविद्यालय ?’ कैयौँ दिनदेखि हैरान भएका प्राध्यापक दीपक गजुरेल त्रिविप्रति आक्रोशित छन् । सप्तरीको एउटा सामुदायिक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका प्राध्यापक गजुरेल ट्विटरमा लेख्छन्, ‘कस्ता बनियाँले चलाउँदैछन् हँ त्रिभुवन विश्वविद्यालय ? विद्यार्थीको अनलाइन दर्ता गर्न एउटा पोर्टल चलाउन सक्तैन । नालायकहरूले सताए, सक्ने भए ! पार्टीका छाउरा-छाउरीको खाने ध्याउन्नले त होला यो निकृष्टता ! कता हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ । @SumanaShrestha

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्