News Portal

विचार : एमाले काभ्रेको एघारौँ अधिवेशन र आगामी बाटो

खुशराज लामा२०८१ जेठ १
१५९ पटक

–खुशराज लामा
नेकपा एमाले काभ्रेको एघारौँ अधिवेशन आउँदो जेठ  २८, २९ र ३० गते धुलिखेलमा हुँदैछ । सो अधिवेशनबाट चुनिएर आएको नेतृत्वले काभ्रेपलाञ्चाेक एमालेको नवीन कार्यभार उचाल्छ कि उचाल्दैन, नयाँ नेतृत्व कस्तो आउने र त्यसले समग्र काभ्रेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नेतृत्व बहन गर्न सक्छ कि सक्दैन भन्नेमा आमकार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुले चासोको रुपमा हेरेका छन्।

अब आउने एमाले नेतृत्वले नेता कार्यकर्तामा मात्र हैन, जनमानसमा आशा सञ्चार गर्छ कि गर्दैन ? पुरानो होइन, नयाँ एमाले बनाउने अध्यक्ष केपी शर्मा ओलीको योजना, विचार, सङ्गठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै अधिवेशनको प्रमुख जिम्मेवारी हुनेछ । एमालेका कार्यकर्ताहरुले नयाँ जोश, जाँगर र संकल्पसहित नयाँ नेतृत्व चयन गर्नु पर्नेछ । विगतको अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ, एकताबद्ध मात्रै होइन, सबै कम्युनिष्टको आकर्षणको केन्द्र बनाउने विश्वासिलो योजना बनाउन जरुरी छ ।

एमाले काभ्रेको अधिवेशनबाट पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिका बनाउन तल्लीन हुनुपर्ने नेताहरु एकापसमा सिगौँरी खेल्दा कार्यकर्ताहरुमा भने निराशा पैदा गराइरहेको छ । मिसन ग्रासरुट र मध्यपहाडी अभियान सञ्चालन गरेको काभ्रेको एमाले आज कहाँ छ ? अबको दिनमा पार्टी र संगठन कस्तो बनाउने, अन्तरपार्टीबाट आएकाहरुलाई कसरी व्यवस्थापन गर्ने र पार्टी र संगठनलाई कहाँसम्म लैजाने भन्नेतर्फ नेताहरुको ध्यान पुग्नुपर्नेमा नेतृत्व कसरी हत्याउने र आफू अनुकूल बनाउने भन्ने ध्याउन्नमा छन् ।

सदस्य संख्या र मतदाताको हिसाब गर्दा समग्रमा आज पनि एमाले काभ्रे जिल्लाकै सबैभन्दा ठूलो दल हो । गत स्थानीय तह र संसदीय निर्वाचनमा बलियो विपक्षी गठबन्धन (कांग्रेस र माओवादी)सँग एक्लै भिडेको एमालेले आफ्नो मतलाई जोगाएको थियो। एमाले भित्रको आन्तरिक समस्या समयमै समाधान हुन नसक्दा केही स्थानमा पराजित हुन पुगेको तीतो यथार्थ छ ।

एमाले काभ्रेको अबको नेतृत्वले गुटबन्दीलाई संस्थागत गर्न होइन, सदाका लागि रोक्ने सार्वजनिक प्रतिज्ञा गर्नुपर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालिन हुनुपर्छ । आम कार्यकर्ताको अपेक्षा यही नै हो । यसैगरी अघिल्लो संसदीय निर्वाचनमा जिल्लाको एक संघीय निर्वाचन क्षेत्र र सबै  प्रदेशसभामा एमालेका उम्मेदवार पराजित  भएकोमा यस पटक प्रत्यक्षतर्फ जिल्ला नै शून्य हुन पुग्यो । तर हाम्रो नेता गाेकुल कमरेड जिल्ला नेतृत्व गर्विलाे साथ सदनमा दमदार उपस्थितिले अझै मजबुत एमाले भएको महसुस भएको छ।

नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृति मौलाएका छन् । हो, यही धरातलीय यथार्थमा उभिएर पार्टीभित्रको समस्या समाधान गर्न, पार्टीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवं दण्ड र पुरस्कारको विधिलाई पुनर्जीवित गर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको हुनेछ ।

स्थायी गुटहरुको विघटन
गरेर  काभ्रेको अबको नेतृत्वले गुटबन्दीलाई संस्थागत गर्न होइन, सदाका लागि रोक्ने सार्वजनिक प्रतिज्ञा गर्नुपर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालिन हुनुपर्छ । आम कार्यकर्ताको अपेक्षा यही नै हो । कुनै पनि नेतामा अतिवाद र दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो संकेत होइन । एमाले काभ्रेको अबको नेतृत्वले पार्टीभित्र सबैलाई समेट्ने, फराकिलो हृदय देखाउने हिम्मत जुटाउनुपर्छ । गुटबन्दी र आन्तरिक कलहले पार्टी सही गतिमा अघि बढ्न सक्दैन भन्ने तथ्यलाई नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ ।

एमालेमा सच्चिनुपर्नेमा नेताहरुमात्रै होइनन्, कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षस र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाेड्नुपर्छ । सीमित व्यक्तिमा रमाउँदा सिङ्गो पार्टी सकिनसक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्छ । यथार्थमा कुनै पनि पार्टीको लागि प्राणघातक रोग भनेको गुटबन्दी र स्वार्थ समूह नै हो । यसले गर्दा नेता कार्यकर्ता दुई पक्षमा विभाजितमात्रै भएका छैनन्, उनीहरुका मन पनि फाटेका छन् । एमालेले जिल्ला अधिवेशनबाट कार्यकर्ताको मन धुजाधुजा बनाउने होइन, मिलाउन पर्नेछ । धाँजा फाटेको सम्याउनुपर्नेमा झन् गहिरो खाडल खन्ने काम शुरु हुन थालेको देखिँदैछ । अध्यक्ष ओलीले भने जस्तै एमालेलाई पुरानो होइन, नयाँ, जुझारु, बलियो र एकताबद्ध बनाउन काभ्रेका नेताहरुले व्यक्तिगत रिसइबी त्यागेर फराकिलो छाती बनाउन जरुरी छ । अबको नेतृत्वका लागि यो निकै ठूलो चुनौती बन्नेछ ।

एमालेमा सच्चिनुपर्नेमा नेताहरुमात्रै होइनन्, कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षस र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाेड्नुपर्छ । सीमित व्यक्तिमा रमाउँदा सिङ्गो पार्टी सकिन सक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्