News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने

    जनभेट संवाददाता२०८० फाल्गुण ७
    २६ पटक

    काठमाडाैं । म्याराथन धावक गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागिता जनाउनु हुने भएको छ । सोेमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा गोपीले लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्ने बताउनुभाये ।

    लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ । लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ । युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगञ्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताउनुभयो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगञ्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताउनुभयो ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्