News Portal

  • आईसीसी विश्वकप लिग–२ मा नेपाल नामिबियासँग दुई विकेटले पराजित

    जनभेट संवाददाता२०८० फाल्गुण ९
    ४८ पटक

    काठमाडाैं । आईसीसी विश्वकप लिग—२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । यसअघि पनि नेपाल नामिबयिासँग नै ४ विकेटले पराजित भएको थियो । नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

    नामिबियाको जितमा बर्नान्ड स्कोल्ज र जान निकोल लफ्टी इटनले समान ४÷४ विकेट हात पारे भने ज्याक ब्रसिल र जेराल्ड एरास्मसले समान १/१ विकेट लिए । नामिबियाको जितमा कप्तान जेराल्ड एरास्मसले अर्धशतक प्रहार गरे । उनले ५२ रन बनाए भने जेजे स्मिथले नटआउन ३४ रन बनाए । त्यस्तै मिचेल भान लिंगेनले ३१ र रुबेन ट्रम्म्पलम्यान्ले १६ रन बनाए । यता नेपालको तर्फबाट ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ६४ बलमा १ छक्का र ८ चौकासहित ५८ रन बनाए ।

    त्यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले रन राम्रो खेल्न सकेनन् । नेपालको तर्फबाट अनिल साह, देव खनाल र कप्तान रोहितकुमार पौडेल खाता नै नखोलि पेभेलियन फर्किए । ६ बलको सामना गरेका ललित नटआउट शुन्य रनमा रहे । त्यस्तै सोमपाल कामी, ४, दीपेन्द्र सिंह ऐरी, ६ रनमा आउट भए ।

    यता बलिङमा कुशल भुर्तेलले ३ विकेट हात पारे । ५ ओभर बलिङ गरेका भुर्तेलले २८ रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, ललतिनारायण राजवंशी, कुशल मल्ल, रोहित पौडेलले समान १÷१ विकेट लिए । नेपालका मुख्य स्पिनर ललितनारायण राजवंशी आजको खेलमा महंगा सासवत भए । ७ ओभर बलिङ गरेका उनले १ मेडन र एक विकेटसहित ४७ रन खर्चिए ।

    त्यस्तै सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चिंदा, करण केसीले ४ ओभरमा १९ रन खर्चिए । यससँगै नेपाल तीन खेलबाट २ अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेल खेलेको नामिबिया २ मा जित र एकमा हारसँगै शिर्ष स्थानमा रहँदा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड तेस्रो स्थानमा छ । नामिबिया र नेदरल्याण्डबीच शुक्रवार खेल हुनेछ भने नेपालले अन्तिम खेल नेदरल्याण्डसँग आईतवार खेल्नेछ ।

    प्रतिकृया दिनुहोस्