News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • बंगलदेशमा जारी अन्तर्राष्ट्रिय भलिबल यु–१९ मा नेपालकाे विजयी सुरूवात

    जनभेट संवाददाता२०८१ बैशाख १५
    २२५ पटक

    काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा शुरु भएको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा नेपाली टोलीको विजयी सुरुवात भएको छ । नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    नेपालले मालदिभ्सलाई २३-२५, २५-१९, २५-१३, र २५-२१ को सेटमा पराजित गरेको छ । शनिबार रातीको खेल बंगलादेश र नेपालबीच हुनेछ।

    नेपाली टोलीमा खेलाडीतर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अभिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन्।

    त्यसैगरी, टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।

    नेपालभरबाट छनोट भएकाले खेलाडीहरूलाई कुनै पनि सरकारी निकायको सहयोग विना नै आर्थिक व्यवस्थापन गरेर बङ्गलादेश पठाइएको बताइएको छ ।

    धादिङका इज्जत दनै पनि सहभागी
    धादिङका इज्जत दनै आधारभुत वर्गबाट संघर्ष गर्दै धादिङकै एड्भान्स एकेडेमीबाट एसईई दिएका थिए भने उनले भलिबल समेत सिकेको विद्यालयका अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । उनी बंगलादेशमा जारी आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा नेपाली टाेलीकाे प्रतिनिधित्व गरी सहभागी भएका छन् ।  विद्यालय तहको खेलकुदमा समेत दनै उत्कृष्ट खेलाडीको रुपमा प्रस्तुत हुँदै आएका छन् ।

    इज्जत दनै

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्