News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • चार मुक्तक

    सुस्मा पन्त मैनाली२०८० चैत्र १७
    ७२ पटक

     १

    नियतिको झटारोले मलाई मात्र हान्छ किन ?
    जिन्दगीले दुःख पीडा मलाई मात्र दिन्छ किन ?
    दुःख पछि अवश्य पनि सुख मिल्छ भन्छन्
    म दुखीलाई  दुःख पछि दुःखै मात्र मिल्छ किन ?

    हर्ष, आँशु अनि रोदनको मेल हो जिन्दगी।
    दुःख, सुख अनि संघर्षको खेल हो जिन्दगी ।।
    सकारात्मक सोच अनि सन्तुष्ट हुन सकेमा
    अद्भुत आनन्द अनि खुशीको भेल हो जिन्दगी ।।।

    गर सक्छौ गर्न प्रगति खुट्टा तान्छौ किन ?
    अरूको उन्नति भयो हार तिमी खान्छौ किन ?
    भलाइ र असल कर्मले महान बन्न सक्छौ
    कुकर्मको बाटो खोजी उतैतिर जान्छौ किन ?

    म र मेरो भन्ने स्वार्थ छोडी हामी र हाम्रो भन्न सिक
    असभ्य र भष्ट होइन सभ्य र स्वाभिमान बन्न सिक
    त्यागी बन्न सके मरेर गए पनि अमर रहने छौ
    देशका लागि बलिदान दिने ती अमर शहीदबाट सिक
    –सुस्मा पन्त मैनाली

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्