News Portal

  • डा. खतिवडाको हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

    जनभेट संवाददाता२०८० चैत्र २५
    २१ पटक

    काठमाडाैं । हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । गीतकार डा.हेमन्त खतिवडद्वारा लिखित हिन्दी गीतकाे पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित गरिएकाे हाे ।

    पुस्तकमा गीतकारले विशेष गरी प्रेमको रोमान्टिक विषयलाई समेटेका छन् । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् । दुई शय पृष्ठमा तयार भएको पुस्तककाे मूल्य भारतीय रूपैयाँ २ सय रहेको छ ।

    गीतहरु प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् । गीतकार खतिवडा भन्छन्, ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’

    ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरुबीच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् । शब्दहरू सरल छन् । तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् । उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् ।

    विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरुलाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ । यो गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको छ । गेयात्मक र लयात्मकताले कृतिको ओज बढेको छ । खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । यस कृतिलाई निकै महत्वका साथ हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्