News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • इलाम–२ उपनिर्वाचन : एमालेका नेम्वाङ पाँच हजार मतान्तरले विजयी

    जनभेट संवाददाता२०८१ बैशाख १८
    ५१ पटक

    काठमाडाैं ।  इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो ।

    उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । नेम्वाङले कांग्रेसका खड्कालाई  पाँच हजार ८३० मतले पराजित गर्नुभएकाे हाे ।

    प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।

    सुहाङसँगै चुनावी मैदानमा रहनु भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात ११ हजार ४५७ मत पाउनु भएको छ । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्