News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • इलाम–२ मा सुहाङको अग्रता कायमै

    जनभेट संवाददाता२०८१ बैशाख १७
    ४५ पटक

    काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएकाे छ ।

    यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ८८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले सात हजार सात सय ६९ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र प्राप्त गर्नुभएकाे छ ।

    फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्