News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • गजल

    पारस भट्ट 'प्यासी'२०८० चैत्र १७
    २५२ पटक

    परदेशीलाई सधैँ दु:खनै दु:ख इनाम मिल्छ
    शरीर लस्त हुन्छ न कहिले आराम मिल्छ

    छैन आफ्नो छैन चिनेको ठेगान हुन्न कामको
    दुखी मनलाई असैह्य पीडाहरु धुमधाम मिल्छ

    जिउनु छ पिर चिन्ताको भारी राखेर पिठ्युमा
    खाडीको चर्को घाम दौड धुपको काम मिल्छ

    सुन्नु पर्छ गाली समयमा ऋण तिर्न सकेन भने
    घर परिवारको हेला साहुको अपमान मिल्छ

    भोक प्यास नभनी चौबीस घण्टा काम गरे पनि
    न कुनै सम्मान मिल्छ न सोचेको दाम मिल्छ
    –पारस भट्ट ‘प्यासी’
       बैतडी, सुदुरपश्चिम 

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्