News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • कविता : मेराे देशकाे माया

    गोबिन्द राज ओझा 'राजु'२०८० चैत्र १७
    ८१ पटक

    –गोबिन्द राज ओझा ‘राजु’
    मलाई मेरो देशको धेरै माया लाग्छ
    नेपाल आमाको माया सबै सन्ततिमा छ
    यो देशलाई अझै सुन्दर मनले हेर्नु छ
    हिमाल, पहाड र तराई प्रकृतिको सुन्दर उपहार छ

    यो देश मेरो, मेरो जीवन छ यो देशसँग
    जे भए पनि केही कुरा भनेको छु तिमीसँग
    देशका युवाले यो देशको गरिमा र शान बढाऔँ
    यही देशको यही माटोमा रमाएर बाचौँ

    यही माटोमा श्रम गरी केही गर्नु छ
    एक आपसमा मिलीजुली बस्नु छ
    जान्न अब परदेशमा सम्झनामा गाउँघर छ
    मेरो देश मेरो माटो नियालेर हेर्नु छ

    मलाई मेरो देशको धेरै माया लाग्छ
    नेपाल आमाको माया सबै सन्ततिमा छ
    – दिपायल सिलगढी–२, डोटी

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्