News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • आहा ! रारा : १४ तस्वीरमा रारातालको सेरोफेराे (फाेटाे फिचर)

    मधु पाठक२०८० फाल्गुण ९
    १६५ पटक

    काठमाडाैं ।  नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ ।

    १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा सिर्जित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तस्वीरमा  हेराैँ  रारातालकाे सुन्दरता :

    तस्वीर : मधु पाठक

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्