News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै, प्लास्टिकको कम प्रयोगमा जोड

    जनभेट संवाददाता२०८१ बैशाख १०
    ७० पटक

    काठमाडौं । विश्व पृथ्वी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यसवर्ष ‘Planet Vs. Plastic’ भन्ने नाराका साथ विश्व पृथ्वी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लाएिको हो ।

    दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनः प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड दिने गरिन्छ ।

    पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ ।

    जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

    सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाउने गरिन्छ ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्