News Portal

लघुकथा : विद्रोह

ऋषि तिवारी२०८० चैत्र २
७४ पटक

-ऋषि तिवारी
‘सर, नमस्कार ।’ नमस्कारको बोलीतिर फर्किएँ, हुनुहुँदो रहेछ कवयित्री सुजता मेम । मैले पनि नमस्कार फर्काएँ । उहाँ हाँस्नु भो, म पनि सँगै हाँसेँ । जे भएपनि हँसिलो हुनुहुन्छ । जस्तो म छु हाँस्ने, त्यस्तै हुनुहुँदो रहेछ । साहित्यकारहरु उहाँलाई फेरि आफ्नै दाजुभाइ जस्तो लाग्ने रे । यो कुरो पनि सही गर्नु भयो उहाँले ।

गफिन थाल्यौँ हामी । पहिलो मेरो तारिफ गर्न थाल्नु भो उहाँले, ‘सर, हजुर त, सुकिलो हुनुहुन्छ, मुकिलो हुनुहुन्छ । आँटिलो हुनुहुन्छ । साहित्यमा पनि खतरा हुनुहुन्छ ।’ मैंले उहाँले गरेको तारिफलाई नकार्न सकिन र, धन्यवाद टक्र्याएँ । यसरी नै टक्र्याएँ , ‘हार्दिक धन्यवाद, आभार ।’

ल म त साहित्यकार भएँ, उहाँ कसरी कवि हुनुभयो, त्यो जान्न चाहेँ मैले, आखिर बाटोघाटोमै उभिएर, पनि सोध्न भ्याइ हालेँ, ‘तपाईंको कविता, पढ्छु, मार्मिक लाग्छ । कसरी लेख्नु हुन्छ यस्तो मर्मस्पर्शी कविता ?’ उहाँले फ्याट्टै जवाफ दिन थाल्नु भो । ‘सर, चोटहरुले सिकायो, मलाई कविता ।’ ‘अहो’ भनेा, मैले । अब के खोतल्नु, सबैको चोट हुन्छ । यति नै भनेँ, तपाईंको चोटहरु समाजले पनि थाहा पाओस् । लेख्दै गर्नुस् शुभकामना ।’

उहाँले, ‘हस्’ भन्दै धन्यवाद दिनु भएको थियो ।

म, उहाँको के चोट छ ? त्यो बुझ्न चाहन्थेँ । नारी हुन् तिनी सुजता मेम । चोट त अवश्य नै पर्छ । त्यो मैँले पनि बुझेको छु । तर समय, गफगाफको समय अपुग भएकाले, म उहाँसँग बिदाबारी भएर हिँडे ।

बाटोमा हिँड्दैछु, मनमनै गुत्थै छु । आखिर किन त्यो समाजले चोट दियो उहाँलाई, त्यही, समाजका लागि उहाँले अब कवितामार्फत् कलमी विद्रोह गर्नु पर्यो हैन ?’ 00000

विराटनगर-६, ममतामार्ग 

प्रतिकृया दिनुहोस्