काठमाडौं । साहित्यकार प्रकाश तिवारीको कृति ‘९६ गड्डी’ सार्वजनिक भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको काठमाडौं ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गरी कृति सार्वजनिक गरेकाे हो ।
आफ्नो चौथो कृति ‘९६ गड्डी’का बारेमा प्रकाश पार्दै लेखक तिवारीले मानवअधिकार, सुशासन, आन्दाेलन र राजनीतिक परिवर्तन तथा नयाँ नेपाल निर्माणकाे सेराेफेराेमा उपन्यास लेखिएकाे बताउनुभयाे । सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएकाे नेपाली राजनीति र कर्मचारीतन्त्रकाे कथानै ‘९६ गड्डी’काे अन्तरकथा रहेकाे उहाँकाे भनाइ छ ।
कार्यक्रममा वक्ताहरूले शक्ति र धनकाे अगाडि नतमस्तक भइ प्रस्तुत हुने नेपाली सांस्कृतिक विकृतिकाे प्रतिबिम्ब ‘९६ गड्डी’ रहेकाे बताए ।
समाजमा कर्मचारीतन्त्र चरम भ्रष्ट छ भन्ने सबैभन्दा ठुलाे गुनासाे र पीडा जनस्तरमा रहेकाे भन्दै पैरवी प्रकाशनका अध्यक्ष चन्द्रप्रसाद सिवाकाेटीले लेखकका अभिव्यक्ति र आकाङ्क्षालाई आत्मसाथ गर्न सके केही हदसम्म नेपाली समाजमा रहेकाे भ्रष्टाचारजन्य विकृत समस्या र विकृतिहरूलाई न्यूनीकरण गर्न मार्ग सहज हुन सक्ने बताउनुभयाे।
कार्यक्रममा सम्पादक, साहित्यकार तथा समाजमा विशिष्ठ याेगदान पुर्याउनुभएका विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र तथा दाेसल्ला ओडाइ सम्मान गरिएकाे थियाे ।
पैरबी बुक हाउस प्रालिले प्रकाशन गरेकाे ‘९६ गड्डी’काे मूल्य पाँच सय ९५ रूपैयाँ रहेकाे छ ।