जनभेट संवाददाता२०८१ बैशाख १

-सुस्मा पन्त मैनाली
१
झुक्दैन
वीर गोर्खाली
चुक्दैन।
२
प्रकृति
स्वच्छन्द छटा
आकृति ।
३
सम्झना
विगत हुन्न
बिर्सन ।
४
सन्तुष्टि
खुशी रहने
आधार।
५
संस्कार
सुव्यवस्थित
आचार।
६
कखरा
अभिव्यक्तिको
आधार।
७
शहर
पाइलैपिच्छे
जहर।
८
नेपाल
सुन्दर शान्त
विशाल ।
९
मनुष्य
बुद्धि विवेक
अवश्य।
१०
अधर्म
भ्रष्टाचार हो
कुकर्म।
११
पवित्र
सारा संसार
विचित्र ।