-विजय मल्ल
सिमसिमे पानी परिरहेको छ। मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ। तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो। म रातको दुई बजेतिर घर फर्केँ। मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ। त्यसैको पछाडिको ढोका, जो कहिलेकाहीँ बिर्सिएर खुलै रहन्छ या खुला नरहेको खण्डमा जोडले हल्लायो भने खुल्न सक्दछ। छेस्किनी उत्तिको मजबुद थिएन। निन्द्रामा मस्त भएका कसैलाई कराएर ब्यूँझाउनु मलाई अप्ठ्यारो लाग्दछ। वातावरणमा अनावश्यक गोलमाल सिर्जना गरेजस्तो मलाई भान हुन्छ।
सिमसिमे पानीमा म रुझे नै हालेँ। नभन्दै पछाडिको ढोका खुल्लै रहेछ। म पसेँ, भरेङ बिस्तारै उक्लिँदै दोस्रो तल्ला, तेस्रो तल्लामा पुगेँ। ढोका बन्द छ। बिस्तारै थपथपाएँ, बन्द छ। त्यसैले बरन्डातिरबाट पछाडिको कोठामा गएर पल्टने विचार गरेँ, त्यही गएँ। कोठा अध्यारो छ। स्विच दबाएँ – बिजुली बत्ती धपक्क बल्यो।
मैले आफ्नो निधारको पानी पुछेँ, अनुहारमा रुमालले थपथपाएँ। त्यसैबखत नजिकै कसैको श्वासप्रश्वास चलिरहेको मलाई भान भयो। मैले उतैतिर फर्केर हेरेँ। खाटमा कोही सुतिरहेको रहेछन्। मैले आफ्नो कोट र मयलपोस सुरुवालको पानीलाई पनि टकटकाएँ। कहिलेकाहीँ मेरो स्वास्नीलाई आफ्नो कोठाबाट भिन्दाभिन्दै नौलो कोठामा सुत्ने रहर छ। यसैले हरेक कोठा सिँगारिएझैँ रहन्छ, म आफैँसँग हाँसे।
तर मलाई अचानक लाग्यो, उही सुतेको हो या होइन। किनकि मेरो कोठाको ढोका बन्द छ। यसैले धमिलिएको आँखा बिस्तारै पुछेर उतातिर नियालेर हेरेँ। हो, ऊ नै हो। र मलाई लाग्यो, कोही अर्को एउटा व्यक्ति पनि छ जसका तिघ्रा र पिडौँला मोटा र पुष्ट देखिन्छन्। म बिस्तारै नजिक गएँ।
दुई व्यक्ति मस्तसँग सुतिरहेका रहेछन्। मेरी स्वास्नी त्यस छिमेकी साथीको पुष्ट पाखुरामा टाउको अड्याएर, उसको गालामा निधारले थिचेर, छाती केही खोलेर सुतेकी छ। लोग्नेमानिस आफ्नो दुवै हातले त्यसलाई अँगालेर, तिघ्राले राम्ररी नै त्यसलाई च्यापेर सुतेकी छ। स्पष्ट छ कि तिनीहरू अत्यन्त्य सन्तुष्टिमा निदाएका छन्। मलाई हेर्दाहेर्दै अचानक लाग्यो, दुई सेता गुलाफका फूलहरू आपसमा गुँथिएर फुलिरहेको छन्।
उनीहरूको त्यस तृप्त, सन्तुष्ट अनुहारलाई केही बेर हेरिरहँदा मैले अनुभूत गरेँ कि कुनै जीवनमा यस्ता स्थल पनि छन्, जसमा धर्तीका यस्ता सृष्टिहरू खेलेर रमिता गर्दछन् स् रमाइलो मानेर जीवन निर्वाह गर्दछन्। यही खेलमा रमेर ग्ज्रन सक्नु नै प्राप्ति सम्झन्।
उनीहरू उठ्लान भनेर म केही पछाडि सरो। उनीहरू मस्तैसँग निदाएका थिए। बराबर निद्रामा उनीहरू चल्मलाउँथे। दुवैले दुवैको छातीमा केही खोजेझैँ हात यताउति सार्दथेः पुष्टपुष्ट पिडौँलाका सेता छालाहरू चम्कन्थे। म हेरि नै रहेँ। मलाई यी दुई नरनारी सृष्टिका प्राथमिक व्यक्तिहरूझैँ लागिरहेका थिए र म एक द्रष्टा। मलाई यो मनोरम दृश्य, एक घटनासमान हेर्नु छ, हेर्दछु।
अचानक मलाई लाग्यो – म आफ्नै विवाहित स्वास्नीलाई परपुरुषसँग अनैतिक रूपले सम्बन्ध जोडेर आफ्नै सामुन्ने त्यसरी निर्लज्जतापूर्वक सुतिरहेको हेर्दैछु। जसमा मैले शरम मान्नुपर्छ। मैले यसलाई अनुचित सम्झनुपर्छ। यस्तो निन्दनीय कार्यको लागि ममा, राग, द्वेष र प्रतिशोधको तीव्र भावना जाग्नुपर्छ। मैले तैपनि ती फूलका थुँगाजस्ता नरनारीलाई विस्फारित नेत्रले हेरिरहेँ। वास्तवमा ती दुवै सुन्दर थिए।
मैले त्यसैबखत झ्वाट्ट सम्झेँ, जो धेरै वर्ष अगाडि जसको उल्लेख कुनै जेलमा परेका एक राजनीतिक साथीले कतै कुनैबेला गरेका थिए होलान्। जसको मलाई राम्रो सम्झना पनि छैन– भनेका थिए कि एक बहुला कैदीले जेलमा पर्न अगावै, आफ्नी स्वास्नीलाई एक नाठोसँग सुतिरहेको देख्ता खुकुरीले छप्काएको रहेछ र त्यसपछि कुकुरलाई – जसले ऊ आएको थाहा पाउँदा भुकी मात्र दिएको भए। स्वास्नी ब्यूझन्थी नाठो भाग्थ्यो। स्वास्नी चोखी नै भएको उसलाई सम्झनुपर्दथ्यो। तर त्यस कुकुरले भुकेन। नाठो र स्वास्नीलाई उसले देखिहाल्यो। त्यसैको दोषमा त्यस कुकुरलाई बाहिर निस्केर त्यसले मार्यो। अनि घोडा जसले दगुरेर उसलाई त्यति परबाट यति चाँडो घर नर्पुयाइदिएको भए उसले स्वास्नीलाई नाठोसँग सुतिरहेको देख्ने नै थिएन। त्यही अपराधमा त्यसले घोडालाई पनि मार्यो र आफूलाई समात्न लगाएर जेलमा पर्यो। सम्भव छ यो कथा कपोलकल्पित् होस्। सम्भभव छ सत्य, तथ्यपूर्ण पनि होस्।
तर मलाई अन्जानैमा यो सम्झेर हाँसो उठ्यो। म हाँसे। जवान युवक युवती जो मेरा अगाडि सुतिरहेका छन्, जसको हद नै यही धर्ती छ, खेल्छन्। लुकामारी गरी रम्न चाहान्छन्। रम्छन् पनि। कहिलेकाहीँ सामाजिम रीतिरविाज र नैतिकताका जटिल समस्याहरूमा अल्झिन पुग्छन्, तर्सछन् आफूलाई धिक्कार्छन पनि। पत्रिता अपवित्रताका प्रश्नहरूले लखेटिरहन्छन्। सहन नसक्दा बौलाउँछन् पनि तर, मलाई यसको के प्रयोजनरु यसले ममा के भिन्नता ल्याउँछ ररु
मांसपिण्डसँग खेल्नेहरूप्रति अनुदार बन्ने मलाई केको चाह१ हैन तरु म उनीहरूलाई नग्नरूपमा नै हेरिरहेको थिएँ। शरीर र मांसपिण्ड।
उनीहरूको अनुहारमा निद्रामा नै स्निगध मुस्कानका रेखीहरू पर्दछन्। सम्पूर्ण अङ्गप्रत्यङ्ग गुजुल्टिएर एकै डल्लो पर्दछन्। आनन्दमय सङ्गीतका धाराहरू प्रवाहित भएझैँ, निद्रामा नै तृप्तिपूर्वक सुस्तरी बर्बराइरहन्छन्। उनीहरूका सुडोल आकार, पुष्ट पोटिला पाखुरा तथा छाती, तिघ्रा तथा पिडौँला मलाई प्रस्तर प्रतिमाजस्ता भान हुन्छन्। के यही स्तरसम्मनमा यिनीहरू सीमित तथा तृप्त छैनन ररु
फेरि किन यिनीहरू नैतिकताका समस्याहरू उठून्रु मलाई यिनीहरूले बिउँझेर देख्नेबित्तिकै यही समस्याको प्रारम्भ हुन्छ। नैतिकताको प्रश्नरु के यिनीहरू खप्न सक्दछन्रु चरित्र भ्रष्टको भावनाले गर्दा भर्खर यिनीहरूले पाएको सम्पूर्ण शारीरिक तथा वासनायुक्त तृप्ति एकदम लुप्त हुँदैन ररु बिचराहरू१
म चाहान्नँ कि यिनीहरूले अहिले भोगिरहेको सन्तुष्टिमा कुनै प्रकारका भौतिक या नैतिक प्रश्नहरूले उथलपुथल र गडबढी मच्चइदिऊन् र सम्पूर्ण जीवनपर्यन्त यिनीहरूलाई विकृतिले टोकिरहोस्, लखेटिरहोस्।
तै पनि मैले केही बेर अझै उनीहरूको शान्त, निश्चित अनुहार तथा शरीरलाई हेरिरहेँ र बत्ती निभाइदिएँ। तिनीहरू आरामसँग सुतून्। म सुस्तरी चाल मारेर बरन्डामा निस्केँ।
भोलिपल्ट बिहान, म उठिसकेको थिएँ। मेरी स्वास्नी अत्यन्त निश्चिन्त र सन्तुष्ट भावमा थिई। ऊ घरमा कामहरू हाँसीखेली गरिरहेकी थिई। मलाई आएर सोधी, “कहिले आउनु भनेरु” मैले हाँसेर जवाफ दिएँ, “केही बेर भो१”
ऊ फूलको थुँगाझैँ हलुकी थिई, कुनै प्रकारको बेचैनी उसमा थिएन। पुतलीझैँ उफ्रीउफ्री तलमाथि ओहरदोहर गरी काममा व्यस्त भइरहेकी थिई। म पनि उसलाई र उसको प्रसन्न मुद्रालाई देखेर आश्चर्र्यान्वित भइरहेको थिएँ। आफ्नो मानसिक स्तरमा सनतुष्टि पाउनेबित्तिकै के जो पनि यस्तै प्रकारको व्यवहार गर्दैनन्रु उसको यस प्रसन्नताले ममा कुनै प्रकारको भिन्नता ल्याउनन सक्तछ ररु तिनीहरूको आफ्नो लोक कति रमाइलो र उल्लासपूर्ण छ।
फुल राम्ररी तारेर, चिया लिएर मेरा कोठामा पसी, उसको छरितो सुन्दर बदन जरुर केही अंशमा आर्कषक छ। मेरो पानीले र भुइँमा पल्टेका हुनाले लागेको कोट र लुगाहरूको फोहर मैले टक्टक्याएर मिलाउँदैछ ऊ भन्न थाली, “त्यसो भए हिजो पानीमा भिज्नुभो र कहीँ पछारिनु पनि भो।” उसको स्वरमा निःसन्देह मिठास थियो। आज ऊ वास्तवमा नै अत्यन्त मोहक देखिन्थी।
त्यसैबखत मेरो छिमेकी साथी आइपुग्यो। मलाई देख्नेबित्तिकै केही विचलित भयो। उसका नैतिक दुर्बलताको सचेतता मरिसकेको रहेछ। यस भागभङ्गिमाले मेरो स्वास्नीको चेहरा पनि गड्बडियो। ऊ हडबडाई पनि र अनुहार क्षणभर म्लान पनि भयो। तर मैले हाँसेर उसलाई चिया खान निम्ताएपछि दुवैको अस्थिरता केही अंशमा घट्यो।
मैले केही कुरामा ध्यान नदिएझैँ गरी हातको पत्रिका पल्टाउन थालेपछि दुवैमा आएको हडबडी र असमञजस्यता विस्तारै घट्दै गयो। र अनि मैले आफ्नो आँखाको कोशबाट देखेँ, तिनीहरू दुवैको आँखामा क्रमशः मुस्कान नाचिरहेछ र सपनाको नयाँ संसार बस्तै गइरहेछ। सुकुमार कोलम भावनाहरूले गर्दा अनुहार नै स्वच्छ गएर गएझैँ उनीहरू मलाई निर्दोष बालक बालिकाझैँ लागे। यस्ता सुकुमार व्यक्तिहरूलाई म किन कुनै प्रकारको दुःखपीडामा झेस्न चाहान्छुरु बिचराहरूलाई मैले केही भेउ पाएको छु भन्ने थाहा पाएमात्र पनि सामाजिक नैतिकतामा कठोर बन्धन र अपराधको भावले लखेट्न थाल्ने छ। यिनीहरूमा वास्तवमा त्यस मान्यताप्रति उपेक्षा वा विद्रोहको भाव नै छैन। निःसन्देह ती आँखाहरूमा सपना छन्, वासाना छन्, सुन्दर मिठासपूर्ण। सृष्टिका प्रथम फूलहरू।
मैले दुवैलाई यही कौतुक भावले ख्यालै नगरी नियालेर हेरिरहेछु। उनीहरू अलि विचलित भए र कुरा गर्दैरहेका दुवैजना टक्क रोकिए। उनीहरूमा मलाई केही थाहा भयो कि भन्ने शङ्का त्यसबखत जरुरै उठेको होला। केही अल्मलिए। असजिलो मान्न थाले। मेरी स्वास्नी उठेर निस्कन खोज्दै थिई। अनि मलाई लाग्यो यी बिचराहरू आफैँप्रति सशङ्कित छन्। मेरो आँखाको निरपेक्ष भावलाई यिनीहरूले बुझ्न सकेनन्। म आफैँसँग मुसुक्क हाँसे।
यिनीहरूलाई म कुनै हालतमा पनि पीडा पुर्याउन चाहान्नँ। यिनीहरूलाई शङ्का नै नहोस् कि मलाई थाहा छ या म थाहा पाउन सक्छु। यिनीहरूले खेल्ने गरेको लोकलाई भताभुङ्ग गरेर मलाई के उपलब्धि हुन्छ१ ममा के वृद्धि हुन्छ ररु
उनीहरू आफ्नो लोकमा रमाउन सक्छन्, रम्नदिऊँ१ तर नैतिकताको विचारले गर्दा उनीहरूको भौतिक वासनात्मक लोक विनिष्ट हुनसक्छ। हुन दिन्नँ। त्यसैले म थाहा नपाऊँ। यही ठीक छ।
आँखाबाट नै अनुहारमा खेलिएका अधिकांश भाव बुझिन्छन्। त्यसैले अब म त्यसलाई छोप्न गगल्स लगाउँछु – कालो चस्मा। म एक प्रकारले ढाकिन्छु। उनीहरूको आफ्नो स्तरको लोक सुरक्षित रहन्छ।
मलाई केही सोचिरहेको देखेर , झन उनीहरू अतासिएछन् र अपराधीहरूको मनोवृतिमा झैँ उनीहरूमा परिवर्तन आयो। त्यो तृप्तिको भाव नै हरायो। सपनाहरूको कोमलता आँखैमा बिलायो र त्रासका रेखीहरू छोप्ने चेष्टामा मेरो सम्मुखबाट उनीहरू हट्न चाहे। बिचराहरू सामाजिक निषेधात्मक नियमप्रति कति जागरुक छन्। उनीहरूको विवेकात्मक कसौटी कुन स्तरमा छ भन्ने कुरा बुझ्नलाई कति सरल।
तर म उनीहरूमा त्यस्ता उदासीनता, त्रास, भय जगाउन चाहन्नँ। म उठेँ र सङ्कल्प गरेँ कि अहिल्यै नै गएर गगलस किनेर ल्याउँछु। आँखामा गगल्स लगाउँछु। मेरो निकटतामा पनि उनीहरूमा डरको आभास नहोस्। यिनीहरू प्रसन्न भएर खेलिरहरुन्। यस लोकको पनि अस्तित्व छ भन्ने कुरालाई म किन इन्कार गरौँ।
मैले आँखाको कोशबाट नदेखिने गरी फेरि फर्केर हेरेँ– उनीहरूका आँखामा मधुर कोमल भावहरू र ओठमा सरसता छचल्किरहेका थिए।
निःसन्देह म अब गगल्स किन्न जान्छु। कालो चस्मा लगाएर सामाजिक नैतिक मनुष्यको रूपमा प्रत्यक्षतः नै पृथक बन्छु।
कालो चस्मा कालो गगल्स।