News Portal

बौद्धिक युवा प्रतिभा राेक्न किन असफल भयाे राज्य ?

खुशराज लामाशुक्रबार, मंसिर २०, २०८०
२०० पटक

–खुशराज लामा
कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको महत्वपूर्ण योगदान नै प्रमुख हुने गरेको छ ।

नेपाली युवा जनसांख्यीक लाभांशबाट फाइदा लिइ समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्था रहे पनि राजनीतिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । युवाका अधिकार, चाहना र आवश्यकतालाई मूर्त रुप दिन एउटा दूरगामी दृष्टिका साथ ठोस र विशिष्ट रणनीति कार्ययोजना बनाउनु आजको आवश्यकता हो ।

यसले चार ‘अ’ र चार ‘स’ को निर्देशन सिद्धान्तलाई आत्मसात गर्दछ । यसले नयाँ पुस्ता र देश विकासका लागि आवश्यक राष्ट्रिय भावना, एकता, समता, न्याय, सौहार्दता, समावेसीजस्ता साझा मान्यताहरुलाई जोड दिन्छ । यसले युवामा व्यापक लगानी गरी आर्थिक समृद्धि हासिल गर्न उत्तरदायी युवा तयार पार्ने कुरालाई केन्द्रमा राख्दछ । द्रूत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यवसायिक र रोजगारीमुलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ । यो युवा विकासको लागि गरिनु पर्ने आधारित कार्य हो ।

युवा उद्यमशीलता, सीप, रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । कृषि , पर्यटन उर्जा, पूर्वाधार र जडिबुटी नेपालका लगानी र रोजगारका महत्वपूर्ण क्षेत्र हुन् । त्यसैगरी सबल र स्वस्थ्य युवा निर्माणका लागि अर्को महत्वपूर्ण काम युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता हो । युवालाई कस्तो प्रणालीबाट हामी स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । युवा परिचालन, सहभागिता र नेतृत्व विकास बिना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । युवा राष्ट्रिय अभियानहरु र देश निर्माण प्रक्रियामा उनीहरुको सक्रिय सहभागिता र स्वयंसेवकीय भूमिकामार्फत समाज र देशलाइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न सकिन्छ ।

प्रायः युवा नेताहरु खाली अरुको विरोधमा आलोचना खेपिरहेको पाइन्छ । आफ्नो भिजनलाई अगाडि कुदाएर यो देश र पार्टीलाई दिशा निर्देश गर्ने बेला होइन र ? साँच्चिकै पार्टी भित्रकै प्रोटोकलको लडाइँमा अस्तव्यस्त हुनुले के पार्टीले मूर्तरुप लेला र ? वैकल्पिक नेतृत्व जन्माउन अग्रज नेताहरूको विरोध गर्नु प्रमुख कुरा होइन ।

नेपालको सन्दर्भमा युवा अधिकारका सवालहरु मुख्यतया सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकास, शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण, युवाहरुबीच लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य, विज्ञान तथा प्राविधि, अनुसन्धान र अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन बौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिवद्धता, खेलकूदमार्फत् शारीरिक तथा मानसिक विकासको अवसर भने पनि राज्यले कार्यान्वयन गर्न सकेको छैन।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्