काठमाडाैँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को छैठौँ श्रम संगठनकाे सम्मेलन राष्ट्रपति रामचन्द्र पाैडेलकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ । सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति पाैडेलले श्रम र सम्मानलाई जोड दिएर अघि बढ्नुपर्ने बताउनुभयाे ।
जेटियुसीसी नेपालका दश वटा ठुला ट्रेड युनियनहरुको एक मात्र मान्यता प्राप्त साझा संस्था हो जस्ले फरक धारका आस्था र विचार भएका श्रमजीबीकाे समृद्धिका लागि क्रियाशील रहेकाे छ ।
छैठौँ श्रम सम्मेलनमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले मर्यादित काम र सबै क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सके रोजगारीका लागि नभइ रहरले मात्र विदेश जाने वातावरण बन्ने बताउनुभयाे ।
जति धेरै सामाजिक सुरक्षा त्यति धेरै श्रम लचकता भनिरहदा धेरै कुरा सुधार गर्नु आजको आवश्यकता भएकाे बताउँदै अध्यक्ष श्रेष्ठले अर्को ढंगले भन्नु पर्दा श्रम ऐन संशोधनमा जानु पर्ने, अर्को वर्ष ज्याला पुनरावलोकनको वर्ष हुनाले श्रमिकका मौलिक हक र जीविकाेपार्जन गर्न पुग्ने ज्यालाका लागि सरकारको ध्यानाकर्षण हुनु पर्ने बताउनुभयाे ।
सम्मेलनमा जेटियुसीसीका महासचिव लालकुमार लामा, महिला अध्यक्ष विष्णुमाया थापा मगर, जेटियुसीसीका पूर्वअध्यक्षहरु लगायतले देश विदेशबाट शुभकामना व्यक्त गरेका थिए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षतामा जगतबहादुर सिंखडा चयन
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षमा जगतबहादुर सिंखडा चयन हुनुभएकाे छ । मंगलबार काठमाडाैंमा आयोजित छैठौँ सम्मेलनले सिंखडालाई एक वर्षका लागि अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी, जेटियुसीसीको महासचिवमा ईन्द्रदेव मिश्रलाई चयन गरेको छ । महिला अध्यक्षमा सीता लामा, महिला समितिको सचिवमा सरिता घिसिङ चयन हुनुभएकाे छ ।
अध्यक्ष सिंखडाले ट्रेड युनियन असहज परिस्थितिमा रहेको अवस्थामा नेतृत्व लिएकाले चुनौतीपूर्ण रहे पनि सशक्त ढंगले कार्यभार पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।