News Portal

सुदूरपश्चिच सरकारलाई नागरिक उन्मुक्ति पार्टीकाे समर्थन निरन्तर

जनभेट संवाददाता२०८० चैत्र ४
७६ पटक

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको छ । धनगढीमा आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा आफूहरु पनि सहभागी रहेकाले समर्थन यथावत् राख्ने निर्णय भएको बैठकपछि सो पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेकै सरकारलाई विश्वासको मत दिन्छौँ, संसदीय दलको निर्णय फिर्ता हुँदैन ।” पत्रकारको प्रश्नमा उहाँले केन्द्रमा एउटा गठबन्धन र प्रदेश तहमा त्यस विपरीतको अर्कै गठबन्धनलाई सहयोग गर्ने विषय नेपालमा नयाँ अभ्यास हुनसक्ने बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले नागरिक उन्मुक्ति जनताको लागि जन्मिएको पार्टी भएकाले जनभावनाअनुसार जाने र केन्द्रमा पार्टीका संरक्षक र पार्टीका अध्यक्षबीच भएको भनिएको मतभेदले पार्टी नफुट्ने बताउनुभयो ।

प्रदेशसभामा चौथो ठूलो शक्ति सो पार्टीका सुदूरपश्चिम प्रदेशसभामा सात सदस्य छन् । संसदीय दलको बैठकमा दुईजना अनुपस्थित रहनुभएको थियो । काठमाडौँमा रहनुभएका दुईजना स्वास्थ्यका कारण आजको बैठकमा उपस्थित हुन नसक्नु भएको नेता चौधरीले जानकारी दिनुभयो ।  प्रदेशमा सरकार गठनका लागि निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकको निर्णयसँगै प्रदेशमा नयाँ फेरिएको गठबन्धन दललाई सरकार गठन गर्न तत्काल कठिन देखिएको छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्