News Portal

  • परिवर्तित सन्दर्भमा युवा सहभागिता बढाउन ट्रेड युनियनको जोड

    जनभेट संवाददाता२०८३ जेठ १६
    ६९ पटक

     

    ईश्वरी थापा

    काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आबद्ध परिषद् (आईटीयुसी–न्याक) ले “परिवर्तित सन्दर्भ : ट्रेड युनियन आन्दोलनमा युवा” विषयक विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै घोषणापत्र जारी गरेको छ। जेठ १३ गतेदेखि शुरु भएको सम्मेलन जेठ १४ गते सम्पन्न भएको हो।

    सम्मेलनमा ट्रेड युनियन आन्दोलनमा युवाको भूमिका, सहभागिता र भावी दिशा सम्बन्धी गहन छलफल गरिएको थियो।

    कार्यक्रममा आईटीयुसी–न्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, एनटीयुसी अध्यक्ष योगेन्द्र कुँवर तथा अण्टुफ अध्यक्ष जगत सिम्खडाले “परिवर्तित सन्दर्भ : ट्रेड युनियन आन्दोलनमा युवा र अबको गन्तव्य” विषयमा आ–आफ्ना धारणा राख्दै युवा पुस्ताको सक्रिय सहभागिताले ट्रेड युनियन आन्दोलनलाई थप सशक्त बनाउने बताएका थिए।

    एनटीयुसी अध्यक्ष योगेन्द्र कुँवरद्वारा सहजीकरण गरिएको कार्यक्रममा डीटीडीएका कार्यक्रम अधिकृत जोन पल जमालले ट्रेड युनियनमा युवा सहभागिताको आवश्यकता र सम्भावनाबारे प्रस्तुति दिएका थिए। त्यस्तै, जिफन्ट महासचिव लक्ष्मण शर्माले सम्मेलनको घोषणापत्र वाचन गरेका थिए।

    तीनवटै महासङ्घका युवाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा एनटीयुसी महासचिव अजय राई तथा अण्टुफ उपमहासचिव शिव पोखरेलले युवाहरूको सराहनीय योगदान र रचनात्मक गतिविधिबारे प्रकाश पारेका थिए।

    सम्मेलनले बदलिँदो सामाजिक, आर्थिक तथा श्रम बजारको सन्दर्भमा युवामैत्री ट्रेड युनियन आन्दोलन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै युवाको नेतृत्व विकास, सहभागिता विस्तार र श्रमिक अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्