News Portal

  • कर्मचारी संगठन खारेज गर्न सरकारलाई समर्थन गर्ने सर्वाेच्चको आदेश जनताकाे पक्षमा : नेता आचार्य

    जनभेट संवाददाता२०८३ जेठ २९
    ९९ पटक

    काठमाडौं । नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्यले सर्वाेच्च अदालतले ट्रेड यूनियन खारेज गर्ने विषयमा आन्तरिम आदेश दिनु नपर्ने भनि दिएको आदेश जनताकाे पक्षमा भएकाे बताएका छन् । सर्वाेच्च अदालतले शुक्रबार पाँच जना न्यायाधीशकाे फुल बेञ्चबाट भएकाे आदेश स्वागतयाेग्य भएकाे भन्दै नेता आचार्यले जनताकाे पक्षमा भएकाे बताएका हुन् ।

    नेता आचार्यले सर्वाच्चकाे आदेशले सरकारकाे मनाेबल बढेकाे भन्दै सामाजिक सञ्चाल फेसबुकमा स्ट्याटस पाेष्ट गर्दे भनेका छन्, ‘सर्वाेच्च अदालतले आन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि भ्रष्ट कर्मचारीहरुको यूनियन खारेज भयो, नेपालका राजनीतिक दलहरुका कर्मचारी संगठनहरुले पार्टीको लेटरप्याडमा चन्दा उठाउने, सरुवा बढुवा गर्ने, ठेक्कापट्टा गर्ने यूनियन नामक लाईसेन्स खारेज भएपछि तनाव भोगेका छन् भने काम गर्न खोजेको सरकारलाई मनोवल बढेको छ ।’

    नेता आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘नेपाली काँग्रेस जस्तो मास बेस पार्टीलाई यसबाट थप फाईदा पुगेको छ भने कम्युनिष्टहरुको निद हराम भएको छ । आफूलाई क्याडरबेस पार्टीका रुपमा परिचय दिईरहेका कम्युनिष्टहरुका कार्यकर्ता रहने थलो बन्द भएपछि उनीहरुलाई तनाव हुनु स्वभाविकै हो ।’

    ‘कर्मचाारीले जनताको सेवा गर्ने, विद्यार्थीहरुले अध्ययन गर्ने–पढ्ने, प्राधयापक तथा शिक्षकहरुले पढाउने अध्यापन गराउने–ज्ञान बाँढ्ने हो तर यहाँ त्यस्तै त्यस्तै नचाहिने विकृत राजनीतिका कारण मुलुकले राम्रोसँग स्वास फेर्न पाएको छैन’ उनले लेखेका छन् ।

    सर्वाेच्चकाे फैसला महत्वपूर्ण भएकाे भन्दै उनले लेखेका छन्, ‘सर्वाेच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरु डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ २० गते सुरु भएको सुनुवाइ आज सकिएपछि महत्वपूर्ण पैसला सुनाउँदै आन्तिरम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएपछि सरकारलाई सहज भएको छ ।’

    नेता आचार्यले कर्मचारी संगठनहरुका कारण भ्रष्टाचार मौलाएको, शुसासनमा अjरोध भएको, कार्यालयको व्यवस्थापन गर्न समस्या भएको, ढिलासुस्ती मौलाएको, काम गर्ने प्रवृत्ति घटेको अवस्था रहेको भन्दै संठगन खारेजपछि बिस्तारै प्रशासक र कर्मचारी लयमा आउने दाबी गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्