News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • नेदरल्याण्ड विरुद्धको खेलमा नतिजा हात पार्छाैँ : कप्तान पाैडेल

    जनभेट संवाददाता२०८० फाल्गुण ९
    ४१ पटक

    काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड विरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताउनुभएको छ । बुधबार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार कगर्दै आफ्नो जिम्मेवारी लिने बताउनुभयो । उहाँले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताउनुभयो । उहाँले आगामी खेलाका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताउनुभयो ।

    नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो । नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आईतवार खेल्नेछ ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्