News Portal

  • उत्कृष्ट भलिबल खेलाडी इज्जत दनैलाई धादिङमा सम्मान

    जनभेट संवाददाता२०८१ बैशाख २६
    ८९८ पटक

    काठमाडाैं । भलिबल खेलाडी इज्जत दनैलाई धादिङमा सम्मान गरिएको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न अन्डर १९ भलिबल प्रतियोगितामा नेपालको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई दोस्रो स्थान दिलाउन सफल भएको भन्दै दनैलाई स्वागत एवं सम्मान गरिएको हो ।

    एमाले धादिङ, निलकण्ठ नगर कमिटी र एडभान्स एकेडेमीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि खेलाडी दनैलाई बधाई एवं सम्मान पत्र प्रदान गरिएको थियो ।

    एमाले निलकण्ठ नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिब पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने एडभान्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष अर्जुन गोर्खालीले बधाई एवं सम्मान व्यक्त गरेका थिए ।

    ढाकामा हालै सम्पन्न प्रतियोगितामा नेपाली टाेलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशी पुलामी मगर र भुवन तामाङ सहभागी भएका थिए । त्यसैगरी, टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनकबहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका थिए।

    आफ्नै व्यक्तिगत खर्च र केही शुभेच्छुकको सहयोगले प्रतियोगितामा सहभागी भएर पनि देशको प्रतिष्ठा बढाउन सहयोग गरेका खेलाडीहरुलाई सरकार र सम्बन्धित निकायले उपेक्षा गरेको भन्दै आलोचना भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्