News Portal

  • विभिन्न सामाजिक गतिविधिसहित राष्ट्रिय सौन्दर्यकर्मी यूनियनले मनायो १८ औँ स्थापना दिवस

    ‘राष्ट्रिय सौन्दर्यकर्मी युनियन’ १८ वर्षको यात्रामा

    जनभेट संवाददाता२०८२ चैत्र १०
    १५७ पटक

    ईश्वरी थापा
    कठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन (नाबुन) ले आफ्नो १८औँ स्थापना दिवस मनाएको छ । देशभर विभिन्न समाजिक कार्यक्रमका साथ युनियनले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

    कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिव लक्ष्मण शर्मालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

    केन्द्रीय कमिटी र नाबुन बागमती प्रदेशको संयुक्त आयोजनामा तारकेश्वर नगरपालिकामा रहेको नवजीवन परोपकार समाजमा आश्रित शारीरिक अशक्त तथा सहाराबिहीन गरी २८ जनालाई भोजनको व्यवस्था गरेको थियो ।

    स्थापना दिवसकै अवसमा भरतपुर नगरपालिका, पोखरा नगरपालिका, हेटौडा नगरपालिका, कुश्मा नगरपालिकालगायतका स्थानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

    नाबुन विराटनगर कमिटी, त्रियुगा कमिटी, इटहरी नगर कमिटी, दुवही नगर कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने इनरुवा नगर कमिटीले मोरङ जिल्लामा निःशुल्क स्टेशनरी वितरण तथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

    नाबुन मधेश प्रदेश र वीरगञ्ज उपमहानगर कमिटीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, लुम्बिनी प्रदेशको सिद्धाार्थ नगर कमिटीले वालगृहका वालवालिकालाई निःशुल्क खाजा वितरण गरेर १८ औँ स्थापना दिवश मनाएको केन्द्रीय अध्यक्ष सुजना जोशीकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्