News Portal

  • सुजना जोशीको अध्यक्षतामा नयाँ नाबुन कमिटी गठन

    जनभेट संवाददाता२०८२ कार्तिक १७
    ४२३ पटक

    ईश्वरी थापा
    काठमाडौं । राष्ट्रिय सौन्दर्यकर्मी ट्रेड युनियन, नेपाल (नाबुन) ले सुजना जोशीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कात्तिक १३ गते काठमाडौंमा भएको अधिवेशनले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी ट्रेड युनियन, नेपाल (नाबुन) को नयाँ कमिटी निर्वाचित गरेको हो ।

    अधिवेशन कार्यक्रममा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले सौन्दर्यकर्मी पेशालाई अनुशासित र मर्यादित बनाउन युनियनले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रष्ट पार्नुभयो । उहाँले परिवर्तित पछिल्लो राजनीति घटनाक्रमले ट्रेड युनियन आन्दोलनमा परेका असरहरुबारे जानकारी दिँदै थप सशक्त ढंगले एकजुट भइ अघि बढ्नु पर्नेमा जाेड दिनुभयाे ।

    अधिवेशनले पम्फा देवकोटा पहारीले पेश गर्नुभएको विधान संशोधन, सुजना जोशीले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहमतिमा पारित गरेको छ ।

    कार्यक्रममा राष्ट्रिय कमिटी, प्रदेश कमिटी, २२ वटा घटक तथा नाबुन सदस्यहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्