News Portal

  • डिजिटल लर्निङका लागि दक्ष जनशक्ति उत्पादनमा जोड

    जनभेट संवाददाता२०८२ भाद्र ०३
    २९६ पटक

    ईश्वरी थापा
    काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले डिजिटल लर्निङका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएको छ । आईएलओ इन्टरनेशनल ट्रेनिङ सेन्टरद्वारा श्रीलंकाको कोलम्बोमा आयोजित ट्रेड यूनियनहरुले क्षमता विकास र अन्तर्राष्ट्रिय कार्य प्रवर्द्धन कार्यक्रममा जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले डिजिटल सिकाइमा जोड दिनुपर्ने बताउनुभएको हो ।

    अध्यक्ष नेपालले डिजिटल सिकाईका माध्यमबाट श्रमिक शिक्षामा आमूल परिवर्तन ल्याउने माध्यममा उपयोगी भएको बताउनुभयो ।

    कार्यक्रममा अल चाइना फेडेरेशन अफ ट्रेड यूनियनकी एसीएफटीयूकी प्रतिनिधि रुच्यानले एसीएफटीयू र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ बीचको साउथ–साउथ सहकार्य २०१२ बाट हालसम्म सफल रुपले सञ्चालन भइरहेको बताउनुभयो ।
    एशिया प्रशान्त क्षेत्रका ट्रेड यूनियनहरुबीच अनुभव आदान–प्रदान, क्षमता अभिवृद्धि र संगठन निर्माणमा ठुलो टेवा पुगेको च्यानको भनाइ छ ।

    कार्यक्रममा २०३४ जूनसम्म सहकार्यलाई थप विस्तार गर्न, अफ्रिका क्षेत्रसम्म साउथ–साउथ सहकार्य फैलाउने लक्ष्यका साथ एसीएफटीयू र आईएलओबीच तीन वर्षे सम्झौता सम्पन्न भएको जानकारी दिइएको थियो ।

    कार्यक्रममा एशिया प्रशान्त क्षेत्रको ३० जना प्रतिनिधिलगायत नेपालबाट जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल सहभागी हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस्