News Portal

  • प्राणी अनुकूल पर्यावरणका लागि अभियानकाे अपिल

    जनभेट संवाददाता२०८२ जेठ २३
    ६० पटक

    लमजुङ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालले पर्यावरणमा भएको असन्तुलनले धेरै प्राणीहरू बाँच्न कठिन भएको कति लाेप भइसकेकाे र लाेप हुने अवस्थामा पुगेकाले सबै प्राणीहरुकाे अस्तित्व रक्षाका लागि उनीहरु बाँच्न सहज हुने पर्यावरण कायम राख्न मानव समुदायलाई अपिल गरेको छ ।

    २०८२ जेठ २२ गते विश्व वातावरण दिवसका अवसरमा आयाेजना गरिएको  ‘प्रकृतिको संरक्षण, वातावरण स्वच्छता प्राणी अनुकुल पर्यावरण अभियानकाे प्रतिबद्धता’ भन्ने नाराका साथ आयाेजना गरिएको जागरण र्याली साथै वृक्षरोपण कार्यक्रममा अभियानले विश्व समुदायलाई याे विषयमा केन्द्रित हुन अपिल गरेको हाे ।

    अभियानकाे तर्फबाट धारणा राख्दै परिकल्पनाकार बासुदेव सेढाईले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी सबै प्राणी बाँच्न सक्ने प्राणी अनुकूलकाे पर्यावरण, प्रकृति वातावरण मैत्री विकास, सर्वगुण सम्पन्न मानव सहितको सभ्य सु-संस्कृत मानव समाज निर्माण अभियानकाे मूल उद्देश्य रहेको यस्तो सन्देश बिश्वभर फैलाउन लागि परेको उल्लेख गरे ।

    जलवायु परिवर्तन र प्रदुषणकाे कारणले सामाजिक, आर्थिक, राजनीतिक लगाएत सबै क्षेत्र प्रभावित भएकोले पर्यावरणलाई प्राथमिकता राखेर सरकारले नीति कार्यक्रम बनाउन पर्ने धारणा थियोे ।

    लमजुङको बेसिशहर-७ मनाङे चाैताराबाट सुरुवात भएको जागरण र्यालि बेसीशहर ८ स्थित प्रकृति नारी समाज भवन परिसरमा पुगेर वृक्षरोपण गरी समापन भएको थियोे ।

    कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक, ट्राफिक प्रहरी कार्यलयका ट्राफिक प्रहरी, चिती कार्कीडाँडा सेवा समाजका अध्यक्ष एवं अभियानका सल्लाहकार शिवराम सिलुवाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङ परिवार, न्यु इरा बाेर्डिङ स्कुल, विद्याविकास मावि युनिभर्सल एकेडेमी ,जनविकाश मावि. बेसीशहर-७ लगायतका विद्यालय परिवार, फूलवारी आमा समूह, प्रकृति नारी समाज, जनचेतना आमा समूह लगायतका आमा समूह विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र जन्मदिनमा वृक्षरोपण अभियानका अभियन्ताहरुकाे उपस्थिति थियो।

    जनविकाश मा. वि. चण्डीडाँडाका शिक्षक राजु थापाले जन्मदिनमा वृक्षरोपण अभियानकाे महत्त्व र भइ रहेका गतिविधिबारे जानकारी गराउनुभएकाे थियो ।

    प्रतिकृया दिनुहोस्