News Portal

‘मेरो रुख म काट्छु अभियान’ प्रति ‘जन्मदिनमा वृक्षरोपण अभियान’काे आपत्ति

जनभेट संवाददाता२०८० माघ १६
१४४ पटक

जमजुङ ।  पाेखरा महानगरपालिका– १९ ले बाँदर नियन्त्रणका लागि सञ्चालन गरेकाे ‘मेरो रुख म काट्छुु अभियानप्रति ‘जन्मदिनमा वृक्षाराेपण’ अभियानले आपत्ति जनाएकाे छ ।

अभियानले प्रकृति र वातावरणमा प्रतिकुल असर पार्ने भन्दै जन्मदिनमा वृक्षराेपण अभियानका अध्यक्ष बासुदेव सेढाईँले विज्ञप्ति जारी गरी आपत्ति जनाउनुभएकाे हाे ।

बाँदर नियन्त्रणकाे नाममा रूख काट्ने अभियान सञ्चालन गर्नुले समाजमा नकारात्मक सन्देश जाने विज्ञप्तिमा जनाइएकाे छ । ‘बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान स्थायी समाधान हाेइन भने मेरो रुख मै काट्छु अभियानले समाजमा नकारात्मक सन्देश जाने र वन विनाश बढ्दै जानेछ’, विज्ञप्तिमा भनिएकाे छ, ‘एउटा ठाउँमा मात्रै हाेइन अन्य धेरै ठाउँमा पनि बाँदर आतंक छ यस्तो अवस्थामा धेरै रुख काट्नुपर्ने देखिन्छ तर याे समाधान हाेइन ।’

जङ्गलमा खानेकुराकाे अभावले बाँदर गाउँ पसेकाे भन्दै रूख काट्ने नभइ वैकल्पिक उपाय साेच्नु पर्ने भन्दै अभियानले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘जङ्गलमा पाइने खानेकुराको अभावमा बाँदरहरु गाउँ पसेका हुन त्यसैले यसको समाधानका लागि वन जङ्गलमा बाँदरहरुकाे खानेकुरालगायत त्यसलाई व्यवस्थापन गर्ने अन्य विकल्प साेचाैँ ।’

बाँदरकाे समस्या समाधानका लागि विकल्प निकाल्न स्थानीय सरकारलाई अनुराध गर्दै अभियानले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘प्रत्येक मानिसले आफ्नो शुभ जन्मदिनमा न्यूनत्तम एउटा वृक्षरोपण गरेर हुर्काउने र प्रकृति वातावरण हराभरा बनाउने अभियान सञ्चालन गरिरहेकाे संस्था ‘जन्मदिनमा वृक्षरोपण अभियान ‘ यस्ता प्रकृति वातावरणमा प्रतिकुल प्रभाव पार्ने क्रियाकलापप्रति गम्भीर असहमति राख्दछ।फलफूल जडिबुटी र लाभदायक काठ उत्पादनमा मुलुक आत्मनिर्भर बनाउने याेजनका साथ अगाडि बढेको जन्मदिनमा वृक्षरोपण अभियान नेपाल एक रुख काट्दा त्यसको सट्टामा २ रुख राेपेर हुर्काउनु पर्दछ भन्ने मान्यता राख्दछ। बाँदर आतंकले स्थानीय नागरिकहरुलाई पारेको दु:ख कष्टप्रति गम्भीर हुँदै स्थानीय सरकारले रुख काट्ने अभियान बन्द गरेर अन्य उपाय निकाल्न समेत सम्बन्धित पक्षलाई अभियान हार्दिक अनुरोध गर्दछ ।

जय जन्मदिनमा वृक्षरोपण अभियान !

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्