News Portal

  • स्वच्छ पर्यावरण र प्राणी अस्तित्व रक्षाका लागि सचेत बनाैँ : अभियान

    जनभेट संवाददाता२०८३ जेठ २३
    ५५ पटक

    लमजुङ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालले स्वच्छ पर्यावरण र प्राणी अस्तित्व रक्षाका लागि गम्भीर बन्न मानव समुदाय लाई अपिल गरेको छ । विश्व वातावरण दिवसका अवसरमा चितवनको शिवनगर स्थित नारायणी विद्या मन्दिर माविमा आयाेजित वृक्षरोपण कार्यक्रममा अभियानका परिकल्पनाकार बासुदेव सेढाईँले यस्ताे अपिल गरेका हुन् ।

    जल, जमिन र वायुमण्डलमा बढ्दो प्रदुषण मानव मात्रै नभएर सबै प्राणीको लागि खतरा हाे । समयमै सचेत हुन नसके अस्तित्व संकटमा पर्नेछ त्यसैले प्रत्येक मानिसको शुभ जन्मदिनमा न्यूनत्तम एउटा वृक्षरोपण कार्यक्रम गर्दै याे सन्देश विश्वभर लैजाने क्रममा अभियान रहेकाे सेढाईँकाे भनाइ छ ।

    पवित्र विचार, असल कर्म र सभ्य संस्कायुक्त सर्वगूण सम्पन्न मानवसहितकाे सुसंस्कृत समाज अभियानकाे परिकल्पना हाे।

    जन्मदिनमा वृक्षरोपण अभियान नेपालकाे आयाेजना, नारायणी विद्या मन्दिर मावि र चिति साहित्य समाजको समन्वय र सहयोगमा आयाेजित र्याली वृक्षरोपण कार्यक्रम गरी सम्पन्न भएको थियोे ।

    लगत्तै चिति साहित्य समाजले आयाेजना गरेको साहित्यिक कार्यक्रममा बाेल्दै अभियानका अभियन्ता एवं साहित्यकारहरुले साहित्य र पर्यावरण सम्बन्धी आफ्नो विचार व्यक्त गरेका थिए ।विद्यालयका संस्थापक कृष्णलाल सापकाेटा प्रमुख आतिथ्यता र चिति साहित्य समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता रामचन्द्र सेढाईँ ,विद्यालयका सहायक प्रअ केदार अधिकारी लगाएत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले पर्यावरण र साहित्य सम्बन्धि आफना विचार व्यक्त गर्नुभयो ।

    अभियानकी अभियन्ता तथा साहित्यकार कसिस वाग्लेले अभियान सम्बन्धी सुन्दर रचना प्रस्तुत गर्नुभएको थियोे ।

    साहित्य समाजकी सचिव साेविता रेग्मीले सहजिकरण गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य काेषाध्यक्ष बाबुराम पाण्डेले राख्नुभएको थियो

    विद्यालय स्तरीय मुक्तक प्रतियोगितामा प्रतियाेगीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुका साथै अतिथिहरुलाई संस्थाकाे तर्फबाट मायाको चिनाे प्रदान गरिएको थियोे । विश्व वातावरणकै अवसरमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालकाे समन्वयमा डिभिजन वन कार्यलयकाे आयाेजनामा लमजुङको बेसिशहर ११ त्रिवेणीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्