News Portal

  • नीति तथा कार्यक्रममा ‘जन्मदिनमा वृक्षरोपण’ कार्यक्रम समेट्न सरकारलाई सुझाव

    जनभेट संवाददाता२०८३ जेठ १३
    ५८ पटक

    लमजुङ । बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई ‘जन्मदिनमा वृक्षरोपण अभियान’ नेपाल पवित्र संस्थाले ल्याएकाे कार्यक्रमलाई सरकारकाे  नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिएर समेट्न आग्रह गरेको छ । संस्थाले सर्वगुण सम्पन्न मानवकाे परिकल्पना गरिएको अभियानका कार्यक्रमले सभ्य र समुन्नत समाज निर्माण गर्ने हुनाले यसलाई सरकारकाे नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्न अनुरोध गेकाे हाे ।

    जल, जमिन, वायु प्रदुषण र पृथ्वीकाे बढ्दाे तापक्रम न्यूनीकरण, मानव र अन्य सबै प्राणीहरुकाे सहअस्तित्व कायम गर्ने, सबैकाे बाँच्न पाउने अधिकारकाे सम्मान गर्ने, प्राकृतिक स्राेत साधनको अवैध दाेहन निरुत्साहित गर्ने, फलफूल जडिबुटी र लाभदायक काठजन्य उत्पादनबाट आर्थिक लाभ लिने, प्रत्येक मानिसको धर्ती अवतरणकाे दिन न्यूनतम एउटा वृक्षरोपण गरेर जन्मदिन मनाउने प्रचलन स्थापित गर्नेलगायतका परिकल्पना अभियानले गरेकाे संस्थाले जनाएकाे छ ।

    प्रकृतिकाे दाेहन, वातावरण प्रदुषण जसको कारण प्राणीकाे अस्तित्व समेत संकटमा पर्न सक्ने भएकाले यसको समाधानका लागि अभियान सुरुवात गरिएको संस्थाकाे भनाइ छ ।

    २०७५ साल मंसिर २९ गते लमजुङकाे बेसीशहरबाट सुरुवात गरिएको अभियान राष्ट्रिय मात्रै हाेईन अन्तर्राष्ट्रिय जगतमा समेत अगाडि बढिरहेको अवस्थामा सरकारकाे तर्फबाट पनि यसलाई साथ सहयोग र समर्थन हुन सके नेपाल विश्व जगतमा प्रकृति वातावरणमैत्रि मुलुककाे रुपमा स्थापित हुन सजिलो हुने अभियानका परिकल्पनाकार एवं संस्थाका अध्यक्ष बासुदेव सेढाईले बताउनुभयाे । नयाँ साेचका साथ परिवर्तनका लागि अगाडि बढेको नयाँ सरकारलाई याे अभियानले एउटा ईटाकाे काम गर्ने परिकल्पनाकार सेढाईकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्