News Portal

  • भड्किलो विवाह अन्त्य गर्ने अभियानकाे सुरुवात

    जनभेट संवाददाता२०८३ बैशाख ८
    १२९ पटक

    लमजुङ ।  सम्पन्न परिवारमा त खासै चासोको विषय नरहेको भड्किलो विवाहको प्रचलन बिपन्न र सर्वसाधारणका लागि भने विकराल समस्या बनेको छ । विवाह भन्ने बित्तिकै सुनका गरगहनाले भरिभराउ र दाईजोकाे विषय उठ्ने गरेको छ।

    झण्डै तीन लाख ताेलाकाे सुन १० ताेला किन्दा ३० लाख, पार्टी प्यालेसकाे खाना खर्च उस्तै ठुलो त्यसमाथि दाईजाे गरगहना नगद , माेटरसाईकल अझ गाडीसमेत यस्तो प्रचलन बढ्दै जाँदा सर्वसाधारणका लागि छाेरीकाे विवाह चिन्ताको विषय बनिरहँदा लमजुङमा भने २०८३ बैशाख ७ गते एक उदाहरणीय विवाह भएको छ।

    लमजुङको बेसीशहर निवासी गाेमा अर्याल र चितवन निवासी सागर राउतले दाईजाे बिना र सुनको गहना बिना बेसीशहर- १ स्थित उदिपुर कालीका मन्दिरमा विवाह गरेका छन् । कुसकाे ओैँठी लगाएर स्वयम्बर गर्दै दुलही गाेमाले आफ्नो वैवाहिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गराेस् भन्ने आफ्नो चाहना रहेको जानकारी दिनुभयो । नयाँ पुस्तालाई नयाँ सन्देश दिन, विवाहकाे कारणले बिपन्न परिवारमा छाेरीलाई बाेझकाे रुपमा हेर्न नपराेस् भन्ने उद्देश्यले यस्तो विवाह आयाेजना गरिएको उहाँकाे भनाइ छ ।

    दुलहीका दाजु कुमार अर्यालले यसलाई अभियानका रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । दाईजाे मुक्त र सुनका गरगहनारहित विवाहकाे प्रचलनले वैवाहिक जीवन बलियो बनाउने, विकृति विसंगतिकाे अन्त्य र सभ्य समाज निर्माण गर्ने भएकाले यसलाई अभियानका रुपमा अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।

    कालीका देवीलाई साक्षी राखेर र पवित्र कुशकाे ओैंठी लगाएर गरिएको विवाहले भाैतिक सम्पत्तिलाई समाजले दिएको अत्यधिक महत्त्वलाई निरुत्साहित गर्दै असल चरित्र र गुणवान व्यक्तित्वमा जाेड दिएको छ। आप्रवासी स्राेत केन्द्र लमजुङमा कार्यरत गाेमा अर्याल र बिएससी एजी उतिर्ण सागर रावतबीचमा विवाह भएको हाे ।

    प्रतिकृया दिनुहोस्