News Portal

  • सीताराम विवाह पञ्चमी : ‘धनुष यज्ञ’ सम्पन्न (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८० मंसिर २९
    ४७९ पटक

    जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी  सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ ।

    बिहीबार दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताउनुभयो ।

    त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार यज्ञ सम्पन्न भई सीतारामबीच माला साटासाट भएको पनि उहाँले जानकारी दिनुभयो।

    सप्ताहव्यापीरूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मङ्गलबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’, दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला बिहीबार धुनुष यज्ञ सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्