News Portal

  • एसईई परीक्षा : ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय थान मोबाइल बरामद

    जनभेट संवाददाता२०८० चैत्र १६
    ३७५ पटक

    रौतहट । परीक्षा अनुगमन समितिले रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय थान मोबाइल बरामद गरेको छ । शुक्रबार दाेस्राे दिन जारी रहेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थीहरूबाट  समितिले पाँच सय थान मोबाइल बरामद गरेको हो ।

    एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडालगायत विभिन्न स्थानका ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हलबाट मोबाइल बरामद गरेको हो । बरामद गरिएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिहरूको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिएकाे जनाइएकाे छ ।

    प्रतिकृया दिनुहोस्