News Portal

  • रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया

    जनभेट संवाददाता२०८३ जेठ ११
    ५५ पटक

    सप्तरी । कानूनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ विषयमा अन्तर्क्रिया आयोजन गरिएकाे छ । रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई नि:शुल्क न्याय सेवाको उपलब्धतालगायत विषयमा जानकारी दिनुभएकाे हाे ।

    अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।

    सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहन बहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्र प्रसाद पौडेलको समेत सो कार्यक्रममा उपस्थिति थियो। विद्यार्थी, अभिभावक र अन्य सहभागीले अदालती प्रक्रिया, न्यायमा ढिलाइ, नागरिकले पाइराखेको सास्ती, युवा वर्गको भूमिका लगायत विषयमा न्यायाधीशहरूलाई प्रश्न गरेका थिए। मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिनुभयो।

    रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी, पत्रकार लगायतको उपस्थिति तथा छलफलमा सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन नरबहादुर खड्काले गर्नुभयो।

    समाचार स्रोत : रूपनगर क्याम्पस फिचर सेवा

    प्रतिकृया दिनुहोस्