जनभेट संवाददाता२०८० चैत्र १६

काठमाडौं । नेपालमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । शुक्रबार सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको हाे ।
बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम हुँदै छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज उक्त रेकर्ड ब्रेक गर्दै प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार चार सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार पाँच सय २५ रुपैयाँ कायम भएको छ ।