News Portal

  • विजयको प्रतीक ‘फागु पूर्णिमा’

    जनभेट संवाददाता२०८० चैत्र ११
    २९२ पटक

    काठमाडाैं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

    होली एकापसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।

    राष्ट्रपति रामचन्द्र पाैडेलले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले सामाजिक सद्धाव र राष्ट्रिय एकतामा थप टेवा पुग्ने बताउनुभएकाे छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा समृद्धीकाे लक्ष प्राप्त गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएकाे छ ।

    प्रतिकृया दिनुहोस्