News Portal

  • ‘थाहा पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार बिडारी सम्मानित

    जनभेट संवाददाता२०८२ पौष २६
    २४३ पटक

    काठमाडौं । दार्शनिक राजनीतिज्ञ एवं थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्टको स्मृतिमा स्थापित ‘थाहा पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार सुरेश बिडारी सम्मानित हुनुभएको छ । थाहा दिवस तथा रूपचन्द्र विष्टको जन्मजयन्तीका अवसरमा मकवानपुरको थाहा नगरपालिकामा आयोजित कार्यक्रममा खोज पत्रकारितामा सक्रिय पत्रकार बिडारीलाई पुरस्कार प्रदान गरिएको हो ।

    खोजमूलक पत्रकारितामार्फत् सार्वजनिक सरोकारका विषय उजागर गर्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणमा योगदान पुर्याएका बिडारीलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो । उहाँका समाचारहरूले सुशासन, पारदर्शिता र जनहितका मुद्दालाई प्राथमिकतामा राखेको आयोजकको भनाइ छ ।

    कार्यक्रममा जनप्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । वक्ताहरूले रूपचन्द्र विष्टले अघि सारेको थाहा आन्दोलनको मूल मर्म, प्रश्न गर्ने संस्कार र जिम्मेवार नागरिक आजको पत्रकारितासँग सान्दर्भिक रहेको बताएका छन् ।

    आयोजकका अनुसार थाहा आन्दोलनका विचार, दर्शन र मूल्यलाई आत्मसात गर्दै जिम्मेवार, खोजमूलक र जनमुखी पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको हो । हरेक वर्ष प्रदान गरिने याे पुरस्कारकाे राशि १० हजार रूपैयाँ रहेकाे छ ।

     

    प्रतिकृया दिनुहोस्