News Portal

  • बद्री पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक

    जनभेट संवाददाता२०८० फाल्गुण ९
    ६६ पटक

    काठमाडाैं । बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको चोली फेर्ने मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो ।

    सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताउनु भयो । लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्