News Portal

  • नियमित महाधिवेशनबाट काँग्रेस पछाडि हट्नुहुँदैन : सम्पर्क समितिका सभापतिहरू

    जनभेट संवाददाता२०८२ कार्तिक २१
    २३२ पटक

    काठमाडौं । नेपाली काँग्रेसका विभिन्न जिल्लाका काठमाडौंमा उपलब्ध सम्पर्क समितिका सभापतिहरूको बैठकले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नियमित रूपमा गर्न माग गरेको छ । शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले जो सभापतिमा निर्वाचित भए पनि काँग्रेसको महाधिवेशन समयमा नै गर्न माग गरेको हो ।

    नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालयमा बसिरहेका बेला सम्पर्क समितिका सभापतिहरूले नियमित अधिवेशन गर्न दबाब दिएका हुन् ।

    नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले काँग्रेसले आफ्नो अधिवेशन बिना सर्तमा समयमै गर्नुपर्ने र नियमित अधिवेशन हुन नसकेमा केही समय थपेर भए पनि विशेष महाधिवेशन गर्नुपर्ने विचारमा सबै उपलब्ध साथीहरू सहमति भएको जनभेटसँगकाे कुराकानीमा बताए ।

    काँग्रेस महामन्त्री गगन कुमार थापाले अधिवेशन समयमै गर्न मितिसहित प्रस्ताव गरेका छन् भने वरिष्ठ नेता डा शेखर कोइरालाले कुनै पनि हालतमा फागुन २१ गतेभित्र अधिवेशन सम्पन्न भई नयाँ नेतृत्वबाट चुनाव हुनुपर्ने बताएका छन् ।

    नेपाली काँग्रेसले आफ्नो अधिवेशन महामारीमा बाहेक चार वर्षभन्दा पछाडि कहिल्यै धकेल्न नहुने र जेनजी पुस्ताको माग अनुसार नयाँ नेतृत्वले पार्टी रूपान्तरण गर्नुपर्ने माग गरेको सभापति आचार्यले बताए ।

    नेतृत्व पुरानो आए पनि अधिवेशनबाट अनुमोदन गर्नुपर्ने उपस्थित सभापतिहरूकाे एकमुष्ठ माग छ ।

    प्रतिकृया दिनुहोस्