News Portal

  • शिक्षक छनौटमा प्रतिस्पर्धात्मक प्रणाली आवश्यक : प्राध्यापक गजुरेल

    दलित र विपन्न विद्यार्थीका अभिभावकलाई समेत प्रोत्साहन गर्ने मधेश प्रदेश सरकारको कार्यक्रम

    जनभेट संवाददाता२०८१ आषाढ १२
    ७९ पटक

    सप्तरी । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले नाजुक अवस्थामा रहेको मधेशको शिक्षामा सुधार गर्न तत्काल गम्भीर कदम चाल्न जरूरी रहेको बताउनु भएको छ ।

    सप्तरीको रूपनगर क्याम्पसमा ‘विद्यार्थीसँग शिक्षा मन्त्री’ विषयमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा साेमबार मन्त्री लेखीले स्नातकका विद्यार्थीहरूलाई अध्ययनमा ध्यान दिन प्रेरणा दिँदै मधेश प्रदेशको शिक्षा सम्बन्धी विभिन्न जानकारी तथा तथ्याङ्क प्रस्तुत गर्नुभएकाे हाे ।

    शिक्षाको गुणस्तर उचाल्न आफूले सकेको गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई छात्रवृत्ति मात्र होइन, दलित र विपन्न वर्गका विद्यार्थीका अभिभावकहरूलाई समेत प्रोत्साहनकालागि सहयोग गर्ने कार्यक्रम यो वर्षको बजेटमा राखिएको छ । यो कार्यक्रम निरन्तर हुनेछ ।’

    मन्त्री राजकुमार लेखीलाई स्वागत गर्दै रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले सामुदायिक क्याम्पसको पढाइको गुणस्तर उचाल्न विभिन्न सुझाव दिनुभयो । ‘मधेश प्रदेशका सबै सामुदायिक क्याम्पसमा प्रति ‘फ्याकल्टी’ दुई जनाका दरले उच्च गुणस्तरका शिक्षकको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिनुपर्छ,’ भन्दै प्राध्यापक गजुरेलले भन्नुभयो, ‘प्रतिस्पर्धात्मक प्रणालीबाट प्रदेश सरकारले शिक्षक छनौट गरी क्याम्पसमा खटाउने, उनीहरूको तलब प्रदेश सरकारले नै दिने व्यवस्था गर्ने र शिक्षकहरूको कार्यसम्पादन नियमित रूपमा गर्ने व्यवस्था गरियो भने अनियमितता रोकिने र नपढाउने जस्ता गलत चरित्र नियन्त्रण हुनसक्छ ।’

    क्याम्पसको भवन निर्माण र स्तरोन्नतिका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गर्ने लगायत क्याम्पसलाई निरन्तर सहयोग पुर्यानउनु भएकोमा मन्त्री लेखीप्रति क्याम्पस प्रमुख प्रा. गजुरेलले आभार व्यक्त गर्नुभयो ।

    सो अवसरमा कञ्चनरून नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष, तथा क्याम्पस सञ्चालक समितिका वरिष्ठ सदस्य देवीबहादुर खत्रीले शिक्षा मन्त्री राजकुमार लेखीलाई दोसल्ला ओढाएर स्वागत गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्