News Portal

  • गायक यदु सुवेदीको म्युजिक भिडियो ‘चिया पिउने बहानाले’ सार्वजनिक (भिडियाेसहित)

    जनभेट संवाददाता२०८१ बैशाख ५
    ५०१ पटक

    काठमाडौं । गायक यदु सुवेदीको म्युजिक भिडियो ‘चिया पिउने बहानाले’ सार्वजनिक भएको छ । गायक सुवेदीको स्वरमा रहेको चिया पिउने बहानाले गीतको म्युजिक भिडियो युट्युव च्यानल ‘यदु सुवेदी’बाट सार्वजनिक भएको हो।

    गीतको रचना अनिष अकेलीले गर्नुभएको हो भने संगीत पनि उहाँले नै भर्नुभएकाे छ। जेम्स प्रधानको म्युजिक एरेन्ज रहेको भिडियोको सम्पादन राजेश कुमरले गर्नुभएको छ । त्यस्तै, कथा निर्देश दिनेशन ठकुल्लाले गर्नुभएको छ।

    विभिन्न प्राकृतिक मनोरम स्थलहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोको गीतमा प्रेमिकासँगको प्रेमिल अन्तरङ्गको कल्पनामा आधारित शब्द चयन रहेको छ।

    प्रतिकृया दिनुहोस्