News Portal

एमाले कास्कीको ११औँ जिल्ला अधिवेशन : निर्वाचन प्रक्रिया शुरु

जनभेट संवाददाता२०८० चैत्र १३
४८ पटक

कास्की। नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्र र बन्दसत्रपछि चुनावी प्रक्रिया सोमबार साँझदेखि शुरु भएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनीक र आर्थिक प्रतिवेदन छलफलपछि पारित भएको छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत ६८० जनाले मनोनयन फाराम लिएका संयोजक भगवती पहारीले जानकारी दिएकी छिन् । उनका अनुसार मनोनयन पत्र वितरण सकिएको छ । मंगलबार बिहान साढे ७ देखि साढे ८ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको जनाइएको छ । एमाले कास्कीको अधिवेशनका लागि विभिन्न क्लष्टरबाट ९२९ जना प्रतिनिधि छानिएका छन् । उनीहरूकै मतदानबाट नयाँ कमिटी निर्वाचित हुनेछन् ।

कास्कीको नेतृत्व लिन विभिन्न प्यानलको उम्मेद्वार पर्ने देखिएको छ । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी निकटको छुट्टाछुट्टै प्यानल हुनेछ ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि अत्यधिक हुने अनुमान गरिएको छ । कास्कीमा पनि गुटगत राजनीति झाँगिएको छ । प्रतिनिधि छनोटको समयमा नै दुई गुटले आफ्नो बलमिच्याईं गरेका छन् । २ वर्षे कार्यकालका लागि निर्वाचन हुन लागेको हो ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्