News Portal

एक महिने विशेष आन्तरिक अभियान गर्ने तयारीमा नेपाली कांग्रेस

जनभेट संवाददाता२०८० फाल्गुण ९
१४१ पटक

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताउनुभयाे । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्‍याएको थियो ।

बैठक सार्नुको कारण राष्ट्रियसभाको निर्वाचन रहेको काँग्रेसको निस्कर्ष रहेको नेता विश्वकर्माकाे भनाइ छ । उहाँले राष्ट्रियसभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताउनुभयाे ।

त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्ने निर्णय भएको उहाँकाे भनाइ छ । भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बता विश्वकर्माले बताउनुभयाे ।

नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको पनि बताउनुभयाे।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्