News Portal

  • कविता प्रतियोगिता र स्रष्टा सम्मानसहित ‘चिति साहित्य समाज’ ले मनायो १५ औँ वार्षिकोत्सव

    माेहनप्रसाद मैनाली२०८२ माघ १७
    २८२ पटक

    काठमाडाैं। ‘चिति साहित्य समाज’ ले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ । लमजुङको बरबोटबेसी बुढीकुवा, चितिमा कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गरी संस्थाले १५औँ वार्षिकोत्सव मनाएको हो ।

    माध्यमिक विद्यालयस्तरीय ‘सुशासन र विद्यार्थीको भूमिका’ शीर्षकमा भएको कविता प्रतियोगितामा श्री जनकल्याण मावि उदिपुरकी छात्रा स्वस्तिका जोशी प्रथम, श्री जनजागृति आधारभूत बिद्यालय बरबोटबेसीका छात्र अरूण परियार द्वितीय, श्री लोकराज आदर्श मावि चिति कार्कीडाँडाका छात्रा सर्मिला तामाङ तृतीय भएका थिए । त्यस्तै, श्री जनजागृति आधारभूत विद्यालयकी छात्रा कृष्मा पन्त र श्री जनकल्याण मावि चितिको छात्रा सुजिता रेग्मीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही चार हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने सान्त्वनातर्फ जनही एक हजार नदग पुरस्कार प्रदान गरिएको थियो ।

    पुरस्कृत छात्रछात्रालाई संस्थाका अध्यक्ष ज्ञानशाली पन्त ‘जिज्ञासु’ र नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं साहित्यकार प्रकाश तिवारीले संयुक्तरुपमा ‘प्रतापशाली इश्वरी पन्त÷रमाकुमारी (विनु) पन्त स्मृति साहित्य पुरस्कार’ सहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो । पुरस्कार राशीको प्रायोजन अध्यक्ष ज्ञानशाली पन्त ‘जिज्ञासु’ ले गर्नुभएको थियो । कार्यक्रममा चिति साहित्य समाजका पूर्वअध्यक्ष श्री स्थिरबाबु घिमिरे, श्री रघुवीर श्रेष्ठ, भक्तनिधि कमली, भवदत्त कमली, चिजा तिवारी, नवसाहित्यकार प्रतिभा सुदिप बिकलगायत साहित्य स्रष्टा तथा संस्थामा योगदान गर्ने श्री जनजागृति आधारभूत विद्यालयलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानशाली पन्त ‘जिज्ञासु’, प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं साहित्यकार प्रकाश तिवारी, जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार वासुदेव सेढाई तथा अभियानकर्ताहरूद्वारा श्री जनजागृति आधारभूत विद्यालय परिसरमा बेलको बिरुवा रोपेर वृक्षरोपण अभियानको महत्वबारे जानकारी दिइएको थियो ।

    कार्यक्रममा चिति साहित्य समाजका आजीवन सदस्यहरु, लमजुङका विभिन्न साहित्यिक संस्थाका अध्यक्ष पदाधिकारीहरु, साहित्यकार बासुदेव थापा, बसन्त अधिकारी, बेनबहादुर सुयल, कमला दनाई, तेजनारायण अधिकारी, जनजागृति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र मगर, प्रधानाध्यपक बासुबाबु सिलवाल, रेडियो भोटेओडारका सञ्चालक तथा साहित्यकार बासुदेव थापा, जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं सञ्चारकर्मी तथा चिति साहित्य समाजका आजीवन सदस्य वासुदेव सेढाई, प्रअ बासुबाबु सिलवाल, कविता प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक शिक्षिकाहरू, प्रतिष्ठित व्यक्तित्वहरू, स्थानीय समाजसेवीहरू श्री रामुराज पन्त, लेखनाथ शर्मा, जयराम पाण्डे, रामनिधि पाण्डे, अमृत पाण्डे, शंकरबाबु तिवारी र विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति थियो ।

    चिति साहित्य समाजका सचिव तथा साहित्यकार सोभिता रेग्मीले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष नेत्रबहादुर कुतालले स्वागत मन्तव्य दिनुभएको थियो । चिति साहित्य समाजका कोषाध्यक्ष बाबुराम पाण्डेले आव २०८१/०८२ को आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । समाजका सदस्य खोमराज विष्ट, शिक्षक कृष्ण न्यौपाने र कोषाध्यक्ष साहित्यकार बाबुराम पाण्डेलगायत साहित्यकारहरु प्रकाश तिवारी, बासुदेव थापा, कमला दनाई, बेनबहादुर सुयल, तेजनारायण अधिकारी, लक्ष्मीप्रसाद मिश्र लगायतले कविता वाचनसहित आफ्ना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानशाली पन्त ‘जिज्ञासु’ ले आफ्ना स्वर्गीय मातापिता तथा धर्मपत्नीको स्मृतिमा ५१ हजार पाँच सय ५५ रुपैयाँको ‘प्रतापशाली इश्वरी पन्त/रमाकुमारी (बिनु) पन्त स्मृति अक्षयकोष स्थापना गर्नेबारे प्रेरणादायी जानकारी दिनुभएको थियो ।

    जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरूबाट गीत तथा नृत्यहरूसमेत प्रस्तुत गरिएको कार्यक्रममा छिमेकी लघुवित्तीय संस्थाका बेसीसहर शाखा प्रमुख बिष्णु पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकमार्फत् विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्