News Portal

  • को हुन् काठमाडौं–१० का एमाले उम्मेदवार बिनोद श्रेष्ठ ?

    जनभेट संवाददाता२०८२ माघ ८
    २५८ पटक

    ईश्वरी थापा
    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौं–१० बाट बिनोद श्रेष्ठलाई उम्मेदवार उठाएको छ । पश्चिमी कामठाडौंको चन्द्रगिरी नगरापालिका, थानकोटका स्थायी बासिन्दा श्रेष्ठ लामो समयदेखि एमाले राजनीतिमा क्रियाशील व्यक्ति हुन् । स्थानीय समुदायमा अत्यन्त मिलनसार नेताका रुपमा स्थापित श्रेष्ठ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष हुन् । उनी देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा श्रमिक नेताका रुपमा स्थापित छन् ।

    नेपाली कांग्रेसका राजन केसीले लगातार तीन पटक विजय हासिल गरेका काठमाडौं–१० मा यसपटक एमालेका बिनोद श्रेष्ठ कांग्रेसका प्रतिस्पर्धी बनेका छन् । स्थानीयले रुचाएका नेताका रुपमा स्थापित श्रेष्ठले कांग्रेसको पोल्टाबाट आफ्नो पक्षमा मत प्राप्त गर्न सक्ने सम्भावना अत्यधिक रहेको स्थानीय बताउँछन् ।

    उम्मेदवार श्रेष्ठले विपत व्यवस्थापन तथा सामाजिक सुरक्षा कोष लागू गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०३६ सालदेखि मजदुर आन्दोलन, विभिन्न समयका राजनीतिक आन्दोलन तथा विद्यार्थी राजनीतिमा राष्ट्रव्यापी पहिचान बनाएका नेता हुन् ।

    एमालेको आठौँ महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य र पोलिट ब्यूराे सदस्य चुनिएका श्रेष्ठ विभिन्न सामाजिक कार्यमा समेत सम्लग्न छन् ।

    निर्वाचन क्षेत्र नं १० मा कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली, फर्पिङ, चोभार, टौदह, शेषनारायण मच्छेगाउँ, नागढुंगा, चाल्नाखेललगायत स्थान पर्छ । करिब ७० हजार मतदाता रहेको यस क्षेत्रमा नेवार समुदायको बाहुल्यता छ ।

     

     

    प्रतिकृया दिनुहोस्